जडीबुटी

केन्जो करिश्मा

शनिबार, १५ मङि्सर २०७५, ०८ : ५८ गिरिराज बाँस्कोटा

1009


सेतो पत्रैपत्र गरेर फूलेको फूल देखेपछि फिदिम–१४ का कुमार राई प्रतापले झ्याम्म अंगालो हाले। उनीसँगै भएका राम आङदेम्बे र न्यूमन मुखिया पनि के कम। मान्छे जत्रै फूललाई अंगालेर तस्बिर खिँचाए। भिरालो जमिनको अफ्ठेरो चट्टान भरिएको उकालो कटेर उनीहरू त्यहाँ पुगेका थिए।

डाँडैभरि टावरझैं फूलेको। केन्जोलाई भेट्ने आतुरता भएका युवालाई योभन्दा आनन्द नै के हुन्थ्यो र ! केन्जोसँगको साक्षात्कारपछि डाँडामा पुगेका राईले भने, ‘फोटोमा होचो देखे पनि प्रत्यक्ष हेर्दा म जत्रै रहेछ।’ फोटोमा हेरेको र सुनेकाले हिँड्न कठिन भए पनि युुवा निकै जोसिएका थिए।

डाँडैभरि टावरझैं फूलेको। केन्जोलाई भेट्ने आतुरता भएका युवालाई योभन्दा आनन्द नै के हुन्थ्यो र !

पाँचथरको याङ्वरक र ताप्लेजुङको सिदिङ गाउँपालिकाको सिमामा पर्ने डाँडामा केन्जोसँग फोटो खिँच्नेको भीड थियो। ‘यो त गजबै रहेछ, धन्न आइयो,’ राम आङदेम्बेको प्रतिक्रिया थियो।

लेकाली बनस्पती केन्जोसँग फोटो खिँच्ने उनको धोको बल्ल पूरा भएको थियो। लेकाली चौर र अग्ला डाँडा निकै आर्कषक देखिएर फूलेको भेटिन्छ। केन्जो जडीबुटी औषधी पनि हो।

केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ। पूर्वको चर्चित तिम्बु पोखरी क्षेत्रमा यो भेटिन्छ। टावरजस्तो सेतो वनस्पति लहरै देखिन्थ्यो। पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको छ। बाटोमै स्थानीय डम्बर भण्डारीको सुझाव थियो– केन्जोसँग फोटो खिँच्न नछुटाउनु है। फरक किसिमको फूल भएकाले आर्कषक देखिन्छ। फेरि यो कमै ठाउँमा पाइन्छ। तिम्बुपोखरी क्षेत्र केन्जो पाइने एक ठाउँ हो।   

जैविक औषधिको महत्व समेत बोकेको यो वनस्पति आर्कषक भएकाले नै चर्चित छ। यस क्षेत्रका घरमा केन्जोको तस्बिर फ्रेममा झुण्डिएको देख्न पाइन्छ। होटलमा पनि राखेको देख्न पाइन्छ।

यसको व्याख्या पहिलोपल्ट ब्रिटिस बोटानिस्ट सर जेसेफ टाल्टन हुकरले गरेको भेटिन्छ। उनले ‘हिमालयन जर्नलस नोट्स आफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन्। सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेका छन्।

‘पदमचाललाई मैले पहिलो पल्ट १ माइल टाढाबाट देखें। लाछेन उपत्यकाको १४ हजार फिट उचाईमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो। अप्ठ्यारा ठाउँमा थिए। तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिंग उभिएको थियो,’ उनले लेखेका छन्।

पदमचाल तीन हजार दुई सयदेखि चार हजार दुई सय मिटरसम्म उचाइमा पाइने लिंकन विश्वविद्यालयका विद्यार्थी सोनाम टासी लामाले जानकारी दिए। नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ। यसलाई कृत्रिम तरिकाले युरोपमा पनि उमारिएको छ।

स्थानीय भीम भण्डारीका अनुसार साउनदेखि तिम्बुपोखरी क्षेत्र भ्रमण गर्दा केन्जो फूलको सौन्दर्यमा रमाउन सकिन्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...