डोमको पढ्ने अधिकार

मङ्गलबार, ११ असोज २०७३, १० : ३८ नागरिक

भोला पासवान

सप्तरी सदरमुकाम राजविराज प्रवेश गर्नुपूर्व सडक पश्चिमपट्टि निम्न माध्यमिक विद्यालय गदिया मदेठ ३ छ । र, विद्यालयसँगै जोडिएको छ डोम बस्ती । गत मंगलबार १०ः१५ बजे यो पक्तिकार विद्यालय पुग्दा उक्त डोम बस्तीका एक जना पनि डोम बालबालिका विद्यालयमा उपस्थित थिएनन् जबकि नाम भने ६ जनाले लेखाएका थिए ।

प्रधानाध्यापक वैद्यनाथ यादव जिल्ला शिक्षा कार्यालयको बैठकमा सहभागी हुन राजविराज पुगेका थिए । त्यहाँ उपस्थित शिक्षकसंग डोम बालबालिका विद्यालय नआउनुको कारण सोध्दा शिक्षक सतीशचन्द्र झाको भनाइ थियो– ‘डोम बालबालिका प्रायः विद्यालय आउँदैनन् । उनीहरु छात्रवृत्ति वितरणका बेलामात्र विद्यालय आउँछन् ।’ कक्षा ४ को कुर्सीमा बसिरहेकी एक विद्यार्थी विणा यादवलाई सोधेँ– यो कक्षामा डोम विद्यार्थी छन् कि छैनन् ? उनले छैनन् भनिन् । पछि थाहा भयो कि डोमलाई अरु ‘माथिल्लो’ जातभन्दा छुट्टै राखेर पढाइने रहेछ ।

जब शिक्षक/शिक्षिका नै बालबालिकालाई जातका आधारमा विभेद गर्छन्, होच्याउँछन् तब त्यो विद्यालयले के सिकाउला र विद्यार्थी पढ्न जाऊन् ?  

मेरो पछि–पछि आउनुभएका शिक्षक सतीशचन्द्रले ती विद्यार्थीले भनेको कुरा सही नभएको दाबी गर्दै उसको दिमाग खुस्केको बताए । कक्षा ३ को हाजिरीमा पनि २ जना डोम बालिकाको नाम त देखियो तर शिक्षिका गीता यादवका अनुसार उनीहरु कहिलेकाहीँ मात्र विद्यालय आउँछन् । उनीहरु पढाईप्रति लगनशील नभएकाले नियमित विद्यालय नआएको गीताको भनाइ थियो ।

यस विद्यालयमा असारमा २० दिन कक्षा चलेको रहेछ । जसमध्ये सबैभन्दा बढी विद्यालय आउने डोम विद्यार्थीको हाजिरी ९ दिन देखियो । बाँकी डोम विद्यार्थी महिनामा औसत ३ दिन विद्यालय आउँदा रहेछन् । अचम्म त यो लाग्यो कि उक्त विद्यालयका शिक्षकहरु डोम बालबालिकाको विद्यालय आगमन, नआउनुको कारण, उनीहरुलाई ल्याउन गरिनुपर्ने प्रयास आदिबारे कुनै मतलव नै राख्दैनन् । उनीहरु यत्ति भन्छन् कि डोमहरु पढ्नै चाहन्नन् ।

विद्यालय परिसरबाट बाहिर निस्कने क्रममा भेटिएका एक बालकलाई सोधेँ– नाम के हो ? सन्तोष मरिक । विद्यालय किन नगएको त ? पढ्ने बेलामा किन चंगेरा (बासको चोयाबाट बन्ने ढक्की) बुनेर बसेको, अरु बेला बुने पनि हुन्न र ? करिब १२–१३ वर्षका यी बालक विद्यालयमा नाम लेखाउनेमध्येकै रहेछन् । मेरो प्रश्न सुनेपछि भने– छुवाछूत गर्छ, कपी पनि चेक गर्दैनन्, बोलाउँदा पनि डोमरा भनेर बोलाउँछन्, त्यसैले नगएको ।

कसले गर्छ यस्तो व्यवहार ? सन्तोषले एकै स्वरमा भने– केही सर र मेडमले । उनीहरुले गरेको देखेर साथीहरुले पनि यस्तै गर्छ । त्यसमाथि होमवर्क पनि दिँदैँनन् । केही सोध्न गयो भने उतै (परै) बस भन्छन् । नमाले लठ्ठीले कुट्छन् पनि– उनले थपे । सन्तोषमात्र हैन, नाम लेखाएर पनि विद्यालय नजाने रेणुले पनि कारण दोहो¥याइन्– विद्यालयमा खासगरी मेडमहरुले छुवाछूत व्यवहार गर्नुहुन्छ । सानो हुँदा त सहेर बसेकै थिएँ तर जति ठूलो भयो उति हीनताबोध हुँदोरहेछ ।

एकातिर समाजले गर्ने छुवाछूत त छँदैछ अर्कोतर्फ छोराछोरीमा गरिने विभेदबाट यो समुदाय पनि ग्रसित छ । सकलमेनकै उदाहरण काफी छ यसका लागि । उनले छोरा र छोरी दुवैलाई सँगै विद्यालय भर्ना गरेकी हुन् तर छुवाछूत वा विभेदका कारण दुवै जना विद्यालय जान नमानेपछि छोरालाई अलिक परको निजी विद्यालयमा भर्ना गरिन् किनकि त्यहाँ भेदभाव अलि कम हुने रहेछ । तर छोरीलाई ? उनको जवाफ छ– छोरीलाई त कहाँ सकिन्छ र बोर्डिङ पढाउन ? घर टाढा भएकाले डोम हो भन्ने थाहा नहुनु, विद्यार्थी तान्ने होडबाजीले बोर्डिङले छुवाछूतलाई प्रश्रय नदिनु तथा यही कारण विभेद कम हुनु नै आफू निरन्तर पढ्न जानुको कारण बताउँछन् उनका छोरा ।

त्यसपछि जिल्ला शिक्षा कार्यालय पुगेँ जहाँ शिक्षा अधिकारी शंकर लुइँटेलसँग पनि केही भलाकुसारी गर्ने अवसर मिल्यो । डोम विद्यार्थीमाथि विद्यालयहरुले गर्ने व्यवहार र त्यही कारणबाट उनीहरुले विद्यालय छाड्नुपरेको यथार्थ आफैँले लिएको दृश्यसहित अवगत गराएँ । अनि उनले यस समस्या समाधानका लागि गरेका पहल तथा यसबारे उनको धारणा बुझ्ने चाहेको जानकारी पनि गराएँ ।

उनको भनाइ थियो– त्यो विद्यालयमा म आफैँ पनि गएर हेरेको छु । हो, डोम विद्यार्थी आउँदैनन् । यो जिल्लामा जिल्लाकै शिक्षक लगाएर विद्यालयबाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन गर्न लगाइएको हो । त्यस क्रममा धेरै विद्यार्थी विद्यालयबाहिर रहेको देखिएन । उनीहरुबाटै आएको तथ्यांक विश्वास नगर्ने कुरा पनि भएन । त्यसैले अब यस विषयमा गम्भीरसाथ सोच्नुपर्ने भएको छ ।
यसअघि बारम्बार विद्यालयमा छुवाछूत भएका समाचार आउँदा पनि किन पीडकलाई कारबाही गरिएन भन्नेबारे उनीसँग कुनै उत्तर थिएन । जबकि यही कारण छुवाछूतका घटना बढ्ने तथा डोम विद्यार्थी विद्यालय परिसरबाट बाहिरिने क्रम निरन्तर चलिरहेको छ । आफ्नो कर्तव्य निर्वाह गर्दै ‘म गर्छु’, ‘गरिरहेको छु’ जस्ता रेडिमेड उत्तरवाला उनीहरुसँग गम्भीरता देखिन्न । यही गम्भीरता अभाव हो कि डोम बालबालिका अझै पनि शिक्षा, विद्यालय जस्ता शब्दसँग साक्षात्कार हुन सकेका छैनन् ।

डोम बालबालिकाले राखेका जिज्ञासामा खासै ध्यान नदिनु, उनीहरुलाई पनि अरु विद्यार्थीसरह नलिइनु, दोस्रो दर्जाको विद्यार्थीको ट्याग लगाइनु, कपीमा लेखेर दिएको कुरा चेक गर्न दियो भने नछोइकन कपी तल राख्न लगाएर हेर्दै नहेरी छडीले फ्याँक्नु जस्ता शिक्षकहरुको व्यवहार नै डोम बालबालिकाले पढ्न नपाउनुको प्रमुख कारण हो । अझ बोलाउँदासमेत ‘डोमिनिया’ भनेर बोलाउँछन् । पढ्न लेख्न केही पनि जान्दिनस् किन आएकी ? जा भाग विद्यालयबाट ? यो विद्यालय पढ्न नआइज भनेर उल्टै निराश तुल्याउँछन् । जबकि शिक्षक÷शिक्षिकाले त झन् प्रोत्साहन दिनुपर्ने हो । तर जिल्ला शिक्षा अधिकारी भने यी सबै कुराबाट अनभिज्ञ छन् । यस्तो अवस्थामा कसरी सुरक्षित हुन्छ डोम बालबालिकाको शैक्षिक अधिकार ?

एकातिर सरहरुको निरुत्साहित पार्ने व्यवहार, अर्कोतर्फ छोराछोरी विद्यालय नगई घरै बस्दा बाबुआमालाई केही भए पनि सघाइदिने । त्यसैले त बाबुआमा पनि छोराछोरी पढ्न नगएकामा खासै चिन्तित देखिन्नन् । अभिभावक नै चिन्तित नभएपछि अरुले मात्र चिन्ता गरिदिएर पनि नहुने रहेछ । यसरी हेर्दा डोम समुदायमा अभिभावकलाई पनि अभिमुखीकरण नपुगेको महसुस सोझै हुन्छ ।

सरकारले देशलाई पाँच पटकसम्म छुावछूत मुक्त राष्ट्र घोषणा गरिसक्यो । छुवाछूत अन्त्यका लागि छुट्टै जातीय विभेद तथा कसुर सजाय ऐन २०६८ पारित भई कार्यान्वयनमा छ । उक्त ऐनमा सरकारी कर्मचारीले छुवाछूत गरेको प्रमाणित भयो भने सजाय दोब्बर हुने व्यवस्था छ । प्रधान मन्त्रीको नेतृत्वमा छुवाछूत अन्त्य गर्न संयन्त्र नै छ । तर अझै पनि विद्यालयमा डोम बालबालिकालाई शिक्षक÷शिक्षिकाले ‘अछूत’ भन्दै तिरस्कार गरेपछि सप्तरी मलेठ गाविस—३ का करिब एक दर्जन बालबालिका विद्यालय छाड्न बाध्य भएका छन् ।

सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गर्न वर्षैपिच्छे करोडौं रकम खर्च गर्ने गर्छ तर विद्यालयमा दलित बालबालिकालाई शिक्षक र सहपाठीले गर्ने विभेद अन्त्यका लागि सार्थक पहल गर्न नसक्दा विद्यालय भर्ना भएकासमेत विद्यालय छाड्न बाध्य छन् । जसको ज्वलन्त उदाहरण निम्न माध्यमिक विद्यालय गदियाही मलेठ—३ हो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

Ncell Footer Ad