coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेमा अराजकता मौलायो: नेता नेपाल

दाङ-नेकपा एमालेका नेता माधव कुमार नेपालले एमाले भित्र ‘सांगठनीक अराजकता’ मौलाउँदै गएको बताएका छन्। बिधी र बिधान विपरीत ‘मैले जे गरेपनि हुन्छ’ भन्ने मानसिकताले एमालेभित्र अराजकता हाबी हुँदै गएको उनको दाबी छ। दाङमा शुक्रवार आँफू समर्थित कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले पार्टी भित्र मौलाएको अराजकताको उदाहरण दाङ एमालेमा चर्किएको ‘नेपाल,ओली’ पक्ष बिचको बिबादलाई बनाए। दाङ एमालेमा चर्को विवादमा रहेका ओली र नेपाल समुहका समानान्तकर कमिटि छन्। यस्तै अखिल नेपाल महिला संघ,युवा संघमा पनि समानान्तर कमिटि खडा गरिएका छन्। आँफूलाई ‘शक्तिशाली’ दावी गरिरहेका यि दुई समूहले एक अर्का समूहका नेताहरुलाई कारवाही समेत गर्दै आएका छन्। एमाले दाङको विवादलाई उदाहरण दिँदै उनले एमाले भित्रको यो संस्कृति ‘अनुचीत’ भएको वताए। नेपालले आँफू समर्थित कार्यकर्तालाई भने ‘तपाईहरु विधी र विधान विपरीत नजानुस्,जायज कामका लागि तपाईहरुको साथमा हामी छौँ, नआत्तिनुस्।’
उनले पार्टीभित्र बढाउँदै लगिएको अराजकताका बिरुद्ध प्रतिकारमा उत्रन समेत आफू समर्थितलाई आह्वान गरे। कमिसन,गुण्डागर्दीलाई पार्टीमा संरक्षण दिने गरिएको भन्दै नेता नेपालले पार्टी भित्रको यस्तो ‘हर्कत’ले एमालेको बदनाम भईरहेको बताए। ‘१२ जना बसेर ५५ जना नेताहरुलाई कारवाही गर्ने सम्मको दुस्साहस गर्ने यस्तो पनि कहिँ पार्टी हुन्छ,’दाङमा चलेको दुई पक्षिय कारवाही बारे उनले भने ‘पार्टीमा नराम्रा मान्छे हावी हुँदै गएका छन्,पार्टीलाई अराजकताबाट जोगाउनु छ, यसका लागि प्रतिकार गर्नुपर्छ।’ जायज आलोचना समेत सहन नसक्ने प्रवृत्ति पार्टीभित्र रहेको भन्दै नेपालले विधी र बिधान विपरीत अराजकतालाई काखी च्याप्ने प्रवृत्ति हावी भएको बताए। ‘गुण्डागर्दी,जासुस,कुकर्म माफी हुन्छन्,’नेता नेपालले भने ‘तर पार्टी हितका लागि जायज आलोचना गर्नेहरु पत्ता साफ पारिन्छन्,यस्तो पार्टी संसारमै कहिँकतै छैन।’
एमाले ‘पार्टी सिस्टम’ भन्दा अधिक बाहिर पुगेको भन्दै उनले विधी सम्मतको एमाले बनाउनका लागि अभियान चलाईनु पर्ने बताए। ‘पार्टीलाई न्याय चाहिएको छ,यसका लागि तपाईहरु पनि लाग्नुस्,’नेता नेपालले भने ‘पार्टीलाई धाक धम्कीबाट चलाउने प्रवृत्तिको अन्त्य गरिनु जरुरी छ।’
एकअर्को प्रसंगमा नेता नेपालले संविधान कार्यान्वयनका लागि सबै दलहरु एकै ठाउँमा उभिनुको बिकल्प नरहेको वताए। उनले यसका लागि राष्ट्रिय सहमतीको सरकार आवश्यक भएको बताए। ‘सबै दलहरु मिलेर संविधान कार्यान्वयको महत्वपूर्ण काम गरिनुपर्छ,’उनले भने ‘यस्तो महत्वपूर्ण बिषयमा अब खेलवाड गर्ने समय छैन ।’
यसैविच विवादमा रहेका एमालेका दुई खेमा एकअर्कालाई ‘टक्कर’ दिन शुक्रवार छुट्टा छुट्टै भेला गरेका छन् । नेपाल समुहले घोराहीमा सभा गर्यो भने ओली समुहले तुलसीपुरमा भेला गरेको छ । तुलसीपुरमा युवा संघले गरेको उक्त ‘युवा भेला’मा सहभागी हुन युवासंघका महासचिव किरण पौडेल आएका थिए । दाङ एमालेका कार्यकर्ताहरु आआफ्नै समुहको भेलामा सहभागी भएका थिए । घोराहीमा भएको भेलामा नेता नेपाल सहित उपाध्यक्ष युवराज ज्ञवाली,पोलिटव्यूरो सदस्य प्रकाश ‘ज्वाला’ सहभागी थिए।

 

प्रकाशित: १० असार २०७३ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App