७ वैशाख २०८१ शुक्रबार
समाज

सशस्त्रको जीप पुलमा ठोक्किँदा ६ जना घाइते

सर्लाही– सशस्त्र प्रहरीको जीप पुलमा ठोक्किँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। गैर चोकस्थित चेक प्वाइन्टको डिउटी टोलीलाई साटफेर गर्न शुक्रबार साँझ साँढे ६ बजे सशस्त्र प्रहरी बेस क्याम्प फरहद्वाबाट सुरक्षाकर्मी बोकेर हिँडेको जीप दुर्घटना हुँदा त्यसमा सवार ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन्। बेस क्याम्पबाट निस्कने बितिकै नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत ढंग्रा खोलाको पूलमा जीप ठोक्किएको सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले जानकारी दिए। दुर्घटनाग्रस्त ना. १ झ ६९३ नम्बरको टाटाको पिकअप जीपको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। 

दुर्घटनामा ४ जना सुरक्षाकर्मी गम्भिर घाईते भएका छन् भने २ जनाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार गम्भिर घाईते जीपका चालक सशस्त्र प्रहरी जवान उपेन्द्र गुरुङ्ग, वरिष्ठ हबल्दार रामपुकार राय यादव, सशस्त्र प्रहरी जवान पूर्णबहादुर पौडेल, जवान रविन्द्र चौधरीलाई उपचारका लागि वीरगंजतर्फ पठाईएको छ। सामान्य घाइते २ जनाको भने स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

अत्यन्त पुरानो जीप भएकाले स्टेरिङ्ग फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०७५ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App