७ वैशाख २०८१ शुक्रबार
समाज

वडाध्यक्षको जेसिबी दुर्घटना, चालक र सहचालक गम्भीर

उयदपुर – उदयपुरमा एक जनप्रतिनिधिको जेसिबी शुक्रबार दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाकोउदयपुरगढी गाउँपालिकामा सडक खन्ने क्रममा भएको जेसिबी दुर्घटनामा परी चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन्।

उदयपुरगढी गाउँपालिका ३ मा सडक खन्ने क्रममा ना २ क ९५३१ नं. को जेसिबी दुर्घटनामा पर्दा चालक र सहचालक घाइते भएका हुन्। सडक खन्दै गरेको जेसिबी दुर्घट्नामा पर्दा कटारी नगरपालिका ५ का चालक ४० वर्षीय मोहन तामाङ र चौदण्डीगढी नगरपालिका १० हडियाका २५ वर्षीय सहचालक नविन राई घाईते भएको प्रहरीले जनाएको छ।

सडकदेखि २ सय मिटर तल खसेर दुर्घटनामा परेको जेसिबीका चालक र सहचालक दुवै गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि शुक्रबार साँझै थप उपचारार्थ काठमाडौं पठाइएको छ। जेसिबी उदयपुर गाउँपालिका ३ का वडाध्यक्ष इन्द्रबहादुर राउतको भएको बताइएको छ। प्रहरीले भने जेसिबी आरआरके कन्ट्रक्सनको नाममा रहेको जनाएको छ।

प्रकाशित: १४ मंसिर २०७५ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App