४ वैशाख २०८१ मंगलबार
राजनीति

ईपीजीको प्रतिवेदन सार्थक छैन, भारतले स्वीकार गर्दैन् : जोली

काठमाडौं– भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)ले तयार पारेको प्रतिवेदन भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन्। 

शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता जोलीले ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षसँग कुनै छलफल नगरिएको गुनासो गरे।

आफू ईपीजीका भारत र नेपाल दुवै तर्फका सदस्यहरुको काम गराइबाट पूर्णतः असन्तुष्ट रहेको सुनाउँदै भने, ‘यो प्रतिवेदन सार्थक छैन र मान्य पनि छैन। प्रबुद्ध समूहबाट जे कुरा अपेक्षा गरिएको थियो, त्यो उनीहरूले पूरा गरेका छैनन्। बन्द कोठाभित्र बसेर बनाइएको प्रतिवेदनले दुई देशको सम्बन्धलाई अघि बढाउन सक्दैन।’

नेता जोलीले आफू विगत १८ वर्षदेखि नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे जानकार रहेको र आफ्नो नेपालसँग अति नै निकट सम्बन्ध रहेको सुनाए। तर, ईपीजीका सदस्यले आफूसँग प्रतिवेदन तयार पार्दा कुनै छलफल र राय नै नलिएको गुनासो पोखे। उनले भने, ‘बन्द कोठाभित्र कुनै एउटा सिद्धान्तको आधारमा रिपोर्ट बनाउँदैमा समस्याको समाधान कसरी हुन्छ?’

रिपोर्टसम्बन्धी सम्बन्धित पक्ष र विपक्षसँग पनि ईपीजीका सदस्यहरुले छलफल र विचार विमर्श नगरेकोमा उनले आक्रोश पोखे। उनले भने, ‘चाहे त्यो वाटर ट्रिटीको कुरा होस् वा ईन्फास्ट्रक्चरको कुरा होस, या हाईड्रोको कुरा नै किन नहोस् वा अन्य सम्बन्धित क्षेत्रको बारेमा नै किन नहोस् यससम्बन्धी एक्टिभ प्लेअर्सहरुसँग वार्ता भएन्। ईपीजीले प्राथमिक कुराहरु नै पूरा गर्न सकेन।’ 

प्रकाशित: १४ मंसिर २०७५ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App