क्यानडा पठाइदिने भन्दै १ करोड ३७ लाख ठग्ने पक्राउ

शुक्रबार, १४ मङि्सर २०७५, १९ : ४५ नागरिक

काठमाडौ – क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग १ करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए।

अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग २२ लाख, दोलखाका सुदीन खड्कासँग २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालसँग १९ लाख ९० हजार र डेकराज कार्कीसँग १९ लाख तथा जयराम सुकुभुटुसँग २० लाख रकम लिएको अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घले जनाएको छ।

पक्राउ परेकी अधिकारीलाई बैङ्किङ कसुर र वैदेशिक रोजगार कसुर मुद्दामा कारबाही अघि बढाइने प्रवउ सिंहले जानकारी दिए। निज अधिकारी चर्चित फुटबल खेलाडी निराजन रायमाझीको श्रीमती हुन्।  (रासस)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

Ncell Footer Ad