coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लिम्बुवान र किरात–खम्बुवान हुनुपर्ने माग

इटहरी –  प्रदेश नम्बर १ को नाम र स्थायी राजधानीलाई लिएर बेला–बेलामा बहस चल्ने गरेको छ। पछिल्लो समय सेलाएको बहस फेरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आन्दोलन नै चर्काएर लिम्बुवान र किरात–खम्बुवान हुनुपर्ने माग गर्ने भएको छ।

दसैं, तिहार र छठ पर्वअघिसम्म निकै चर्केको बहस पछिल्लो समय सेलाएको बेला मञ्चले दुई दिन अघि इटहरीमा बैठक बसेर लिम्बुवान र किरात–खम्बुवान राज्यका लागि अब प्रदेश संसद बैठक बसेपछि धर्ना, जुलुसलगायतका कार्यक्रम गर्ने शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी जनायो।

‘लिम्बुवान–खम्बुवान जस्तो महान सभ्यतालाई सिध्याएर कोशी वा सगरमाथा बनाउने षडयन्त्र हुन लागेकाले गर्दा आन्दोलन चर्काउन लागिएको हो,’ पत्रकार सम्मेलनमा मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङ्ले भने।

उनले प्रदेश नम्बर २ को नामाकरण गरेपछि प्रदेश नम्बर १ को गर्नुपर्ने पनि माग गरे। प्रदेशको नाम र स्थायी राजधानीको सवालमा चर्को वहस भएको बेला असोज २० गते नागरिक समाजले इटहरीमा बौद्दिक व्यक्तित्वलाई डाकेर अवधारणपत्र प्रस्तुत गरेको थियो।

राजधानीको नाममा बहसमा ल्याएका मध्ये कोशी, किरात, सगरमाथा, चोमोलुङ्मा र लिम्वुवान विषयमा अवधारणपत्र प्रस्तुत गरिएको थियो। प्रदेश नम्बर १ मा स्थायी राजधानीका लागि विराटनगरसँगै इटहरी, धरान, धनकुटा र मोरङको गोठगाउँका बासीन्दाले दावेदारिता प्रस्तुत गर्दै आएका छन्।

प्रकाशित: १४ मंसिर २०७५ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App