७ वैशाख २०८१ शुक्रबार
समाज

गैसस विकास निर्माणमा सरकारको परिपूरक’

काठमाडौं – सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पुर्‍याएकाे बताएका छन्।

काठमाडौँमा आजदेखि सुरु भएको गैरसरकारी संस्था महासङ्घको नवौँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै महराले नागरिक समाज तथा नागरिक सङ्गठनले शान्ति, मानव अधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकका रुपमा आफ्नो भूमिका खेलिरहेको उल्लेख गरे। 

नागरिक सङ्गठनले राज्य र जनताबीच पुलको भूमिका खेल्नसक्ने बताउँदै महराले भने, ‘सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा सङ्कटको घडीमा स्थानीय समुदायलाई राहत आपूर्ति गर्ने काममा नागरिक सङ्गठन एवं गैससले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु।’ 

उनले स्थानीय स्रोत साधन, सीप र श्रमको समूचीत परिचालनमा गैरसरकारी संस्थाले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुनेमा जोड दिए। गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण हुँदाहुँदै ती संस्थाले गर्ने कामको आर्थिक पारदर्शीता र दिगोपनामाथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको उनले बताए।

दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नेपाली सामाजिक सङ्घसंस्थाको छाता सङ्गठनका रुपमा महासङ्घ तीन दशकदेखि सक्रिय छ।रासस  

प्रकाशित: १४ मंसिर २०७५ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App