६ वैशाख २०८१ बिहीबार
समाज

विद्युत् चोरी गर्ने २६ जना पक्राउ

लहान–नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ।

वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। विद्युत् चोरी गरी चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाइएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए।

 पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत २ लाख २६ हजार राजश्व सङ्कलन भएको प्रमुख यादवले बताए। उनका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन(काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ। रासस

प्रकाशित: १४ मंसिर २०७५ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App