८ वैशाख २०८१ शनिबार
अन्य

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे अवस्था बुझ्न गृहमन्त्रीसहितकाे टाेली घटनास्थलमा

चितवन–आइतबार मुक्तिनाथबाट फर्किँदै गर्दा जीप दुर्घटनामा परी त्रिशुलीमा बेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेसहित तीन जनाको अवस्थाबारे बुझ्न गृहमन्त्रीसहितको सुरक्षा निकायका प्रमुखको टोली घटनास्थल पुगेको छ।

गृहमन्त्री बिमलेन्द्र निधि, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, नेपाली सेनाका रथी वलदेवराज महत, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीसहितको टोली मंगलबार विहान घटनास्थल पुगेको हो।

हेलिकप्टरमार्फत घटनास्थल पुगेको गृहमन्त्रीसहितको टोलीले घटनास्थलको अवलोकन गरिरहेको छ। गृहमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम छ। सोमबार घटनास्थलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक घटनास्थल पुगेका थिए।

चिनतव प्रहरीका अनुसार बेपत्ता घिमिरेको खोजीमा ८५ नेपाली सेना, ५५ सशस्त्र प्रहरी तथा २५ नेपाल प्रहरी परिचालन गरिएको छ।  आइतबारदेखि बेपत्ता घिमिरेसहित तीनजनाको अवस्था अझै अज्ञात छ। मुक्तिनाथबाट फर्कँदै गर्दा घिमिरे चढेको जीप आइतबार साँझ पाँच बजे घोप्टेभीरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीय चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको निधन भएको थियो ।

 

प्रकाशित: ११ आश्विन २०७३ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App