टीकापुरमा एक युवती मृत फेला

शुक्रबार, १४ मङि्सर २०७५, ११ : २७ योगेश रावल

टीकापुर - टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै एक युवतीको शव भेटिएको छ। शव सोही ठाउँकी १६ वर्षीय पूजा थापाको भएको प्रहरीले जानकारी दिएको छ।

उनको शव देवु राइस मिल नजिकै निर्माण भैरहेको एक घरको चौरमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेका थिए। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। निर्माणाधिन घरको कोठामा उनको ज्याकेट र जुत्ता फेला परेको प्रहरीले बताएको छ। सोही घरभित्र दुई ठाउँमा वान्ता गरेको, एक ठाउँमा दिसा गरेको पाइएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिँहले जानकारी दिए। उनले ज्याकेटको खल्तीमा कालो पोलेथिनमा बेरेर राखेको अवस्थामा एकथान सल्फास जस्तै विषादी भेटिएको बताए।

प्रहरीले घटनास्थलमै स्थानीयको रोहबरमा शवको जाँच गरेको थियो। जाँचका क्रममा शरीरको कुनैपनि ठाउँमा चोटपटक नभेटिएको प्रहरीको भनाई छ। डिएसपी सिँहले पोष्टमार्टम पछि मात्रै घटनाका बारेमा केही तथ्य पत्ता लाग्ने बताए। उनी स्थानीय जनजागृती मावि सीतापुरमा कक्षा १२ मा अध्ययनरत थिइन। उनी हिजो बिहान करिव ८ बजे ब्लक नं १२ मा रहेको कान्छी बज्यैको घर जान्छु भनेर हिँडेकी बताइएको छ। उनी कान्छी बज्यैको घरबाट साँझ ५ बजे खाना खाएर घर फर्किएकी थिइन। उनका बुबाआमा रोजगारीका क्रममा भारतमा छन। उनी सानै उमेरदेखी मामा घरमा बस्दै आएकी थिइन्।





यसमा तपाईको मत

अन्य समाचार

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

Ncell Footer Ad