काठमाडौँ - शुक्रबार (अाज) देखि काठमाडाैंमा सुरु हुने एसिया प्याशिफिक सम्मेलनका लागि नेपाल अाएकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ।
राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएकाे थियाे। भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएकाे बताइएकाे छ।
युनिभर्सल पीस फेडेरेसनले अायाेजना गरेकाे उक्त सम्मेलन काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म हुँदैछ।सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ। विदेशी पाहुनाहरुको नेपाल आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था सुदृढ पारिएको छ।
प्रकाशित: १४ मंसिर २०७५ ०५:१७ शुक्रबार