coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शिवरामको अग्रता कायमै

काठमाडौं - शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनअन्तर्गत बिहीबार भएको तेस्रो दिनको समाप्तिमा छ स्ट्रोकको अग्रता बनाएका छन्।

पार–६८ को रोयल नेपाल गल्फ कोर्समा शीर्ष प्रोफेसनल गल्फर शिवरामले कुल ५४ होलको समाप्तिमा ११ अन्डर १९३ स्कोर बटुल्दै शीर्ष स्थानमा अग्रता बनाएका हुन्। शिवरामले तेस्रो दिन एक अन्डर ६७ स्कोर कार्ड बनाएका थिए।

एमेच्योर गल्फर शुक्रबहादुर राई र धनबहादुर थापाले कुल पाँच अन्डर १९९ स्कोर बटुल्दा शीर्ष स्थानका शिवरामभन्दा छ स्ट्रोकले पछाडि रहे । बिहीबार शुक्रबहादुरले इभन पार ६८ र धनबहादुर तीन अन्डर ६५ स्कोर बनाएका थिए। चौथो स्थानका विकास अधिकारीले कुल चार अन्डर २०० स्कोर बनाएका छन् । उनले तेस्रो दिन दुई ओभर ७० को खराब प्रदर्शन गरेका थिए। एमेच्योर गल्फर टंकबहादुर अधिकारी (६८)ले कुल २०१ स्कोरसहित पाँचौं तथा रामे मगरले २०३ स्कोरसहित छैटौं स्थानमा अग्रता बनाएका छन्।

उनले तेस्रो दिन तीन ओभर ७१ स्कोरको खराब प्रदर्शन गरेका थिए। डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीले तेस्रो दिन तीन अन्डर बनाउँदा इभन पार २०४ स्कोरसहित सातौं स्थानमा अग्रता बनाएका छन्।

राजेन्द्र थापामगर कुल २०९ स्कोरसहित आठौंमा तथा दीपक मगर र जयराम श्रेष्ठ संयुक्त रूपमा नवौं स्थान छन् । दीपक र जयरामले कुल ६ ओभर २१० को कार्ड बनाएका छन्।

बिहीबार फ्रन्ट नाइनमा दुई ओभर ३६ को खराब प्रदर्शन गरेका शिवरामले ब्याक नाइनमा तीन अन्डर ३१ स्कोर बटुल्दै सुधार गरेका थिए। दोस्रो होलमा डबल बोगी बेहोरेका शिवरामले तेस्रो र छैटौं होलमा सिंगल्स बोगीको सामना गरे। त्यस क्रममा उनले चौथो र पाँचाैं होलमा भने बर्डिज प्रहार गरे।

शिवारमले ब्याक नाइनको १० औं, १३ औं, १४ औं र १६ औं होलमा भने बर्डिज प्रहार गरे। तर, उनले १५औं होलको सट भने खेर फाले। एमेच्योर गल्फर शुक्रबहादुरले फ्रन्ट नाइनमा एक अन्डर ३३ स्कोर र ब्याक नाइनमा एक ओभर ३५ स्कोर बनाएका थिए। 

पहिलो होलको सट खेर फाल्दै दिनको सुरुआत गरेका शुक्रबहादुरले सातौं होलमा पनि निराश पारेका थिए । तर, उनले पाँचौं होलमा भने बर्डिज गरे। पार–३ को आठौं होलमा भने शुक्रले ‘होल इन वान’ गर्न सफल भए । ब्याक नाइनको सुरुआतमै बर्डिज प्रहार गरेका शुक्रले १४औं र १६औं होलमा बोगी खेपेका थिए।

आर्मी क्लबका प्रो. गल्फर धनले फ्रन्ट नाइनमा एक ओभर ३५ र ब्याक नाइनमा चार अन्डर ३० को स्कोर कार्ड बनाएका थिए। धनले तेस्रो होलको सट खेर फाल्दा फ्रन्ट नाइनको अन्तिम होलमा पनि सोही नतिजा दोहो¥याएका थिए। त्यसअघि सातौं होलमा भने धनले बर्डिज प्रहार गरेका थिए।

ब्याक नाइनमा भने धनले ११औं, १३औं, १४औं र अन्तिम होलमा बर्डिज प्रहार गर्दै सुधार गरेका थिए । प्रतियोगिताको फाइनलमा शुक्रबार नै हुनेछ। शुक्रबार बाँकी १८ होलको खेल हुनेछन्।

प्रतियोगितामा ३३ प्रो. गल्फर र आठ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको विजेताले ९५ हजार र उपविजेताले ६५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका शीर्ष २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्। 

 

प्रकाशित: १४ मंसिर २०७५ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App