८ वैशाख २०८१ शनिबार
खेल

भारतले जित्याे यु-२१ ब्याडमिन्टनकाे उपाधि

काठमाडाैं - नेपाललाई स्तब्ध बनाउँदै भारतले बिहीबार दोस्रो दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम स्पर्धाको उपाधि जितेको छ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई ३–१ ले स्तब्ध बनाउँदै उपाधि रक्षा गरेकाे हाे। यसअघिको संस्करणमा पनि भारत विजेता हो। नेपाल पनि अघिल्लो संस्करणको उपविजेता हो।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा बिहीबार भएको मिक्स टिम स्पर्धाअन्तर्गत भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा सफलता हात पारेको थियो। पुरुष एकलमा भने नेपालले भारतमाथि बदला लियो। पुरुष एकलको पहिलो सेट नवीनले भारतका प्रियान्सु रजावतविरुद्ध २१–१२ ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेटमा भने प्रियान्सुले चुनौती दिने प्रयास गरे पनि नवीनले २१–१७ ले सेट जिते।

अन्य चारमा नेपालका खेलाडीले निराशाजनक प्रदर्शन गरेका थिए । महिला एकलमा नेपालकी रसिला महर्जन भारतकी माल्भिका बासोदसँग २१–८ र २१–५ ले स्तब्ध भइन्। पुरुष डबल्समा नवीन र प्रिन्स दाहालको जोडी भारतका विष्णुवद्र्धन गाउड पन्जला र ध्रुव रावतको जोडीसँग २१–१५ र २१–१७ ले पराजित भयो। 

नेपालका जेसिका गुरुङ र रञ्जना भट्टको जोडीले भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्रास्टोलाई २१–५ र २१–५ ले महिला डबल्सको खेल सुम्पिएपछि  नेपालले ३–१ को हार बेहोर्यो। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको प्रतियोगितामा बंगलादेश र श्रीलंका भने मिक्स टिम स्पर्धामा संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

शुक्रबारदेखि हलचोकस्थि एपिएफको कोर्टमा पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्सतर्फ खेल हुनेछन्। पुरुष एकलमा नवीन श्रेष्ठ, प्रिन्स दाहाल, प्रफुल्ल महर्जन र सुनील जोशीले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जानकारी दिए।

महिला एकलमा रसिला महर्जन, जेसिका गुरुङ, सुनैना मुखिया र रञ्जना भट्टले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् । नेपालका चार खेलाडी र अन्य देशका तीन खेलाडीले खेल्न पाउने प्रावधान रहेको संघका सचिव नवीनविक्रमले जानकारी दिए । 

 

प्रकाशित: १४ मंसिर २०७५ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App