coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल–कम्बोडिया हवाई सम्झौता

काठमाडौं - नेपाल र कम्बोडियाबीच हप्तामा १४ उडान हुने गरी दुई पक्षिय सम्झौता भएको छ। बिहिबार साँझा नेपालका पर्यटन मन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एभिएसन माओ हेभेनिलले हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपाल र कम्बोडियाको हवाई क्षेत्रमा पहिलो पटक भएको सम्झौता कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागीता रहेको थियो। दुई देशका पर्यटन तथा नागरिक उड्यन मन्त्रीले कोड सेयरिङ गर्ने गरेर हवाई सेवा सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए। हुन सेन एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएका हुन।

कम्बोडियासँग हवाई सेवा सम्झौता हुनु पूर्व पर्यटन मन्त्रालयले परराष्ट्र र कानुन मन्त्रालयको राय माग गरेको परराष्ट्र मन्त्रालयको प्रवक्ता भरत राज पौड्यले जानकारी दिए। मन्त्रालयको राय सकारात्मक देखिएपछि पर्यटनले हवाई सेवा सम्झौताको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो। मन्त्रिपरिषदले प्रस्ताव पास गरेसँगै कम्बोडियासँग सम्झौता भएको हो।

नेपाल वायुसेवा निगमले २ वटा वाइडबडी विमान खरिद गरेसँगै मन्त्रालयले विभिन्न देशमा अन्तराष्ट्रिय उडान गर्ने योजना बनाएको थियो। अन्तराष्ट्रिय उडानका लागि विमान थप भएपछि गन्तव्य समेत थप गर्नुपर्ने आवश्यकता रहेकोले मन्त्रालयले हवाई सम्झौता गर्ने निर्णय गरेको हो। कम्बोडियन पक्ष समेत नेपालमा हवाई उडान गर्न इच्छुक भएकाले हवाई सम्झौताका भएको पर्यटन मन्त्रालयले जनाएको छ।

हवाई सम्झौता मात्र भएर कुनै पनि देशमा उडान गर्न पाइँदैन। समझदारी भएमा मात्र हवाई उडान गर्ने बाटो खुल्ने प्रावधान छ। समझदारीमा कति उडान गर्न पाईने, कुन विमान उडान गर्ने लगाएतका विषय उल्लेख हुन्छ।

धार्मिक पर्यटकका रुपमा कम्बोडिया प्रचलित भएकाले गर्दा पनि नेपालले हवाई सम्झौता भएको हो। सम्झौतासँगै गौतम बुद्धको देश नेपाल र बुद्धिष्ट देश कम्बोडियाबीच धार्मीक पर्यटक आवत जावत गर्न सहज हुने अपेक्षा छ।

प्रकाशित: १४ मंसिर २०७५ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App