पाकिस्तानलाई विश्व समुदायबाट अलग्याउन मोदीको आग्रह

मङ्गलबार, ११ असोज २०७३, ०९ : ४३ एजेन्सी

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएको अल इन्डिया रेडियोले जनाएको छ । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री  मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका हुन् ।

उनले पाकिस्तानले एसियामा अस्थिरता निम्त्याउने कार्यमा लागेको आरोप लगाए । उनले गएका चार महिनामा भारतीय सुरक्षा फौजले १ सय १० जना आतंकबादी समूहका सदस्यले युद्धविरामको रेखालाई काश्मिर इलाकामा काटेको बताए । उनले एसियामा खासगरी बङ्गलादेश र अफगानिस्तानमा आतंकवादी गतिविधि पाकिस्तानको उक्साहटका कारण भएका दावी गरे ।

उनले पाकिस्तानलाई चेतावनीको शब्दमा भने ‘ म पाकिस्तानलाई एक्लाउने अभियानस्वरुप अवका दिनमा विश्व समुदायसँग पहल शुरु गर्नेछु ।’
यसैबिच भारतीय सेनाका सैनिक प्रमुख, हवाई बल तथा नौसेनाको उच्च पदस्थ अधिकारीले शनिबार प्रधानमन्त्री मोदीलाई भेट गरी मुलुकको सुरक्षा अवस्थाबारे छलफल गरेका  पनि अल इन्डिया जनाएको छ ।
सैनिक प्रमुख जनरल दलवीर सिंह, वायुसेना प्रमुख मार्सल अरुप राह र नौसेनाका उपप्रमुख करवीर सिंले भारतीय प्रधानमन्त्री मोदीको निवासमा देशको सुरक्षा अवस्थामा छलफल भएको उक्त सरकारी रेडियोले आफ्नो प्रसारणमा जनाएको हो ।

भेटका क्रममा भारत प्रशासित कास्मिरको उरी क्षेत्रमा चारजना बन्दुकधारीले गरेको आक्रमण र यस पछाडि यहाँको सुरक्षा अवस्थालगायतका कुरामा छलफल भएको बताइएको छ ।

यसै हप्ताको सुरुमा उरीमा भएको आक्रमणमा १८ जना सैनिक अधिकारीको मृत्यु भएको थियो भने २० सैनिक घाइते भएका थिए । उरी घटनापछि पाकिस्तान र भारतबीतको सम्बन्धमा चिसोपना छाएको छ ।
नयाँदिल्लीले उरी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ । उरी आक्रमणपछि केही भारतीय राजनीतिज्ञ तथा पूर्व सैनिकले आक्रमणप्रति कडा प्रतिक्रिया दिइनुपर्ने बताएका छन् ।
पाकिस्तानले भने भारतीय पक्षबाट लगाएको आरोपको खण्डन गर्दै भारतीय पक्षबाट आएका प्रतिक्रियाप्रति विशेष चासो व्यक्त गरेको छ ।

उरी आक्रमणपछि भारतीय सरकारका उच्च अधिकारी तथा सैनिक अधिकारीको निरन्तर भेट तथा छलफल भइरहेको र यसबाट आगामी कूटनीतिक तथा रणनीतिक प्रतिक्रिया जनाउने योजना बनिरहेको विश्लेषकहरुको भनाइ छ ।

काश्मिर  मुद्दामा भारतले दिग्म्रमित गरेको पाकिस्तानको आरोप

पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले बारम्बार पाकिस्तानलाई आतंकबादीको आरोप लगाउने  गरेको र यसको सँधै पाकिस्तानले खण्डन गर्ने बताएको छ ।

भारतीय राज्य केरलामा शनिबार सम्पन्न एक सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  पाकिस्तान आतंकबादलाई संरक्षण गर्ने राष्ट्र भएको आरोप लगाएका थिए । मोदिले भने,  ‘भारत र पाकिस्तान  एकै समयमा स्वतन्त्र भएका हुन् तर आज हेर्नुस भारत विश्वमा सफ्टवेयर एक्सपोर्ट गर्छ भने पाकिस्तान विश्वमा आतंककारी एक्सपोर्ट गर्छ आखिर यो किन ?’

मोदीको यस्तो प्रतिक्रयापछि पाकिस्तानको विदेश मन्क्रालयका प्रवक्ता नाफीस जकारियाले भने, ‘भारतले पाकिस्ताको धेरै जसो स्थानमा आतंकबादी गतिबिधिलाई बढाइ रहेको छ। विशेष गरी काश्मिर र बालुचीस्तानमा ।’ उनले भारतले कस्मिर क्षेत्रमा मानव अधिकार हनन गरिहेको आरोप समेत लगाए ।जकारियाले भने, ‘पाकिस्तानले काश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन चाहिरहेको छ यो कुरा कुलभुषण यादवको बयानले पनि प्रष्ट हुन्छ कि बालुचिस्तानमा भैरहेको घटनामा भारतको उक्साहाटमा भैरहेको छ ।’

पाकिस्तानले केही महिना पहिले पक्राउ परेका कुलभुषणलाई भारतीय जासुस भएको आरोप लगाउदै आएको छ ।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad