८ वैशाख २०८१ शनिबार
खेल

टी-१० लिगमा सन्दीपकाे खराब प्रदर्शन

काठमाडाैं - यूएईमा जारी टी–१० क्रिकेट लिगमा सन्दीप लामिछानेले नर्दन वारियर्ससँगको खेलमा जारी प्रतियोगिताकै खराब प्रदर्शन गरेका छन्।

केरला नाइन्टसबाट प्रतियोगिता खेलिरहेका सन्दीप विहिबार शारजहा क्रिकेट मैदानमा भएको खेलमा २ ओभर बलिङ गर्दै सबैभन्दा महंगो भए। उनले विना विकेट ४७ रन खर्चे। सन्दीपका १२ बल मध्ये ८ बलमा विपक्षी टोलीका खेलाडीले बाउन्ड्री प्रहार गरेका थिए। सन्दीपको बलिङमा ७ छक्का र १ मात्रै चौका प्रहार भएको थियो। उनको पहिलो ओभरमा ३ छक्का र दोस्रो ओभरमा ४ छक्का प्रहार भएका थिए।

सन्दीपको महंगो ओभरसँगै विहिबारको खेलमा केरला नर्दनसँग ८ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको केरलाले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो।  केरलाका पल स्टर्लिङले सर्वाधिक ६० रन बनाए। यस्तै क्रिस गेलले १४ तथा कप्तान इयोन मोर्गनले अविजित १७ रन जोडे। १ सय ३ रनको विजयी लक्ष्य सहित जवाफि ब्याटिङमा उत्रीएको नर्दनले ७ दशमलव २ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य भेट्टायो। नर्दनका लागि निकोलस पुरनले अविजित रहँदै सर्वाधिक ४३ रन बनाए। १८ बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै आन्द्रे रसलले १० बलमा २९ रन बनाउँदै नटआउट रहे।

 

प्रकाशित: १३ मंसिर २०७५ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App