coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘सरकार बोल्न होइन, काम गर्न’

स्याङ्जा–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले वामपन्थी सरकार बोल्न नभई काम गर्न बनेको दाबी गरेकी छन्।

बिहीबार स्याङ्जाको गल्याङ सामुदायिक अस्पतालको तेस्रो साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै उनले भनिन्, ‘विगतको सरकार बोलेर जनतालाई झुक्याए । अहिलेको  सरकार बोल्ने होइन, काम गर्ने हो।’ सरकारको लोकप्रियतालाई देखेर प्रतिपक्षीको निदहरण भएको उनले दाबी गरिन्।

सरकार निर्माणसँगै सरकारसँग जनताको अपेक्षा उच्च रहेकाले सामान्य रुपमा सरकारको विरोध आउनु स्वाभाविक रहेको उनले बताइन् । जनताको आशा सरकारसँग मात्र नभई प्रतिपक्षीसँग पनि गरिएको हेक्का प्रतिपक्षीले पनि राख्न पर्ने उनको दाबी थियो । को सत्ता पक्ष, को विपक्ष, को स्थानीय सरकार र को प्रदेश सरकार सबै मिलेर समृद्द नेपाल सुखी नेपाली बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरिन्।

कानुन लेख्नका लागि नभई जनतालाई प्रत्यक्ष अनुभव गराउने बनेको उनले बताइन। ‘जनताका लागि जनताद्वारा कानुन बनाइयो। अब जनताका निम्ति काम गर्ने हो,’ उनले भनिन्, ‘प्रतीपक्षीको अवरोधले केही हुदैन।’

सरकारले भर्खरै ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको प्रतीपक्षीले नबुझी त्यसै विरोध गरिरहेको उनको तर्क छ। सामाजिक सुरक्षा सुरक्षा कार्यक्रम मौलिक हकसँग सम्बन्धित भएकाले जनताको मौलिक हकको विरोध गर्ने अधिकार कसैसँग नभएको उनले बताइन्। 

 

 

प्रकाशित: १३ मंसिर २०७५ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App