एसिया प्याशिफिक सम्मेलनका यस्ता छन् कार्यक्रम

बिहिबार, १३ मङि्सर २०७५, १७ : ०६ नागरिक

काठमाडौं– 'अहिलेको समयका मुख्य चुनौती: अन्तरनिर्भरता, आपसी हित, विश्वव्यापी मान्यता' मुख्य नारा सहित काठमाडौमा सुरु हुन गइरहेको एसिया प्याशिफिक सम्मेलनमा सहभागी हुन यस क्षेत्रका सरकार प्रमुखहरु काठमाडौमा आइपुग्ने क्रम जारी छ।

बुधवार राती फिलिपिन्सका पूर्व उपराष्ट्रपति मारिया लियोनोर जी रोब्रेडो काठमाडौ आइपुगेकी छिन् भने बिहीवार बिहान म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकी र क्याम्बोडिया प्रधानमन्त्री हुन सेन काठमाडौ आइपुगेका छन्। बिहीवारै टुभालु द्विपका राष्ट्रप्रमुख पनि काठमाडौ आइपुगेका छन्।

बिहीवारै पाकिस्तानका पूर्व प्रधानमन्त्री युसूफ राजा गिलानी पनि काठमाडौं आइपुग्दैछन्। भोली शुक्रवार नाउरु र सामोआ देशका सरकार प्रमुखहरु काठमाडौ आइपुग्नेछन्। राष्ट्र प्रमुख एवं सरकार प्रमुखहरु काठमाडौंस्थित होटल सोल्टीमा बस्नेछन् भने अन्य निम्तालुहरुलाई ह्यात रिजेन्सी, होटल द्वारिकाज एवं अन्य ठाउँमा बस्नेछन्।  

एसिया प्याशिफिक क्षेत्रका प्रायद्विपका सरकार प्रमुखहरु सम्मेलनका क्रममा आइपुगे पनि म्यानमार र क्याम्बोडियाका नेताहरु नेपालको निमन्त्रणामा आएका हुन्। सम्मेलनमा सहभागी हुनु अघि यी दुई मुलुकका नेताहरुसँग नेपालको द्विपक्षीय वार्ता हुँदैछ।

सम्मेलनको कार्यक्रम यस्तो छ

शुक्रवार साँझ अतिथिहरुको स्वागतमा रात्रीभोजको आयोजनासँगै सम्मेलन प्रारम्भ हुनेछ। शनिवार बिहानदेखि सम्मेलनका मुख्य कार्यक्रमहरु प्रारम्भ हुनेछन्। युनिभर्सल पिस फेडेरेशनको नेपाल शाखाको आयोजनामा हुन लागेको यो सम्मेलनको मुख्य नारा 'अहिलेको समयका मुख्य चुनौती: अन्तरनिर्भरता, आपसी हित, विश्वव्यापी मान्यता' रहेको छ। यस सम्मेलनमा विभिन्न पाँच वटा विषयमा छुट्टाछुट्टै छलफल हुनेछ।

सम्मेलनको उद्घाटन सत्रमा नेपालसहित ७ देशका सरकार प्रमुखहरु एवं भारत र पाकिस्तानका विशिष्ट अतिथिहरुले सम्बोधन गर्नेछन्। त्यसदिन दिवाभोज पछि सबै सहभागी देशका सभामुख एवं सांसदहरुले सम्मेलनलाई सम्बोधन गर्नेछन्। शनिवारै हुने तेस्रो सत्रमा नागरिक समाज र अन्तर धार्मिक नेताले सम्मेलनलाई सम्बोधन गर्नेछन्। नागरिक समाज र आस्थामा आधारित संस्थाको शान्ति स्थापनामा भूमिका विषयमा यो सत्रमा विशेष चर्चा हुनेछ। यहि सत्रमा एसिया प्रशान्त क्षेत्रमा शान्ति र विकासका लागि अन्तरधार्मिक एशोसिएसनको गठन गरिनेछ।

आइतवार तीन वटा सत्र आयोजना गरिनेछ। जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिका र नेपालको शान्ति प्रयास विषयमा वेग्लावेग्लै सत्र आयोजना हुनेछन् र अन्यमा 'फेमिली फेस्टिभल' सहित सम्मेलन समापन हुनेछ। 'फेमिली फेस्टिभल' मा यस क्षेत्रका सयौं नगरप्रमुखहरु जोडीसहित सहभागी हुनेछन्। यो सम्मेलनले शान्ति र सहयोगका लागि काठमाडौ घोषणापत्र पनि जारी गर्नेछ।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad