१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चौर फुटसल विजयी

काठमाडौं– चौर फुटसल बाँसबारीले सर्वाधिक राशिको रेडबुल फुटसल लिगमा विजयी सुरुआत गरेको छ ।
सोमबार पहिलो खेलमा चौर फुटसलले ढुकु फुटसल हबलाई ३–२ ले हरायो । चौरको जितमा रञ्जित श्रेष्ठले २ र रमेश गुरुङ १ गोल गरे ।ढुकुका सबिन केसी र सुरज राउतले गोल गरेका थिए । २–२ ले खेल बराबरी हुँदा अन्त्यतिर चौरका रन्जितले गोल गर्दै टोलीलाई जित दिलाए ।

म्यान अफ दी म्याच रन्जितलाई प्रशिक्षक बालगोपाल महर्जनले पुरस्कृत गरे । पहिलो खेल हुनुअघि आयोजक एएमए इभेन्ट र नेपाल खेलकुद पत्रकार मञ्चले मैत्रीपूर्ण खेल खेले । मञ्चले आयोजकलाई११–३ ले हरायो । मञ्चका बासु अवालले ४ गोल तथा आयुष खड्का र प्रजित शाक्यले ह्याट्रिक गरे । निशान राईले १ गोल गरे । गोलरक्षकदिल तामाङले उत्कृष्ट बचाउ गरेका थिए ।

मंसिर २८सम्म होम एन्ड अवेका आधारमा हुने लिग फुटसलविजेताले १० लाख, उपविजेताले ५ लाख तथा उत्कृष्ट गोलकिपर र खेलाडीले समान ५० हजार पाउनेछन् ।

प्रतियोगितालाई रेडबुलले मुख्य प्रायोजन गरेको छ । सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, राकेश श्रेष्ठ, हरि खड्का, बालगोपाल महर्जन लगायतले उद्घाटन गरेका थिए । काठमाडौैंका १६ टोली प्रतिस्पर्धी छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा चौर रिक्रिएसन, ढुकु फुटसल, रजनी फुटसल, इम्पेरियल फुटसल, ह्वाइट हर्स फुटसल, बानेश्वर रिक्रिएसन, आदर्श फुटसल र किक अफ फुटसल छन् ।

यसैगरी समूह ‘बी’ मा हरिसिद्धि फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल, हाइवे फुटसल, कीर्तिपुर फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र बिजी फुटसलले प्रतिस्पर्धा गर्नेछन ।

प्रकाशित: ११ आश्विन २०७३ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App