८ वैशाख २०८१ शनिबार
खेल

गोरखामा ठूलो राशिको भलिबल

गोरखा– गोरखा नगरपालिका–९ छेवेटारको सूर्योदय युवा परिवारले जिल्लामै पहिलोपटक ठूलो राशिको भलिबल प्रतियोगिता गर्ने भएको छ ।

दसैंको अवसरमा असोज १७ देखि खुला भलिबल प्रतियोगिता गर्न लागेको आयोजक अध्यक्ष प्रदीप कुँवरले बताएका छन् ।

विजेताले एक लाख, उपविजेताले ५० हजार, तेस्रोले २५ हजार, चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कार दिइनेछ ।

प्रतियोगिता गर्न करिब ५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । संयोजक हरि अर्यालले जिल्लामै पहिलोपल्ट एक लाख पुरस्कार राशिको भलिबल हुन लागेको बताए ।

सचिव विकास थापाले टोलीको दर्ता शुल्क ६ हजार लाग्ने बताए ।

प्रकाशित: ११ आश्विन २०७३ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App