ओलीको ‘नयाँ युग’लाई ‘निर्मलाका लागि न्याय’को चुनौती

बिहिबार, १३ मङि्सर २०७५, १७ : ०७ नागरिक

काठमाडौं – गत मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने क्रममा नयाँ युगको शुरूवात भन्दै राजधानीका पोलपोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोष्टर टाँसिए। योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमिकका बीचमा, सडक निर्माणमा जताततै व्यप्त रहेको बताएका थिए।

यही प्रचार र अभिव्यक्तिलाई समाउँदै केही युवाले गए राती निर्मलाका लागि न्याय माग्न पोष्टर टाँसेका छन्। राजधानीका मूख्य मूख्य स्थानमा टाँसिएका पोष्टरमा भनिएको छ ‘सरकार भेटियो, न्याय भेटिएन।’ ४महिनासम्म पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न नसकेको भन्दै सरकारलाई दवाव दिन यस्तो प्रतीकात्मक पोष्टरिङ गरिएको यसमा संलग्न युवाहरुले बताएका छन्। पहिचान खुलाउन नचाहने स्वतन्त्र युवाको हैसियतमा गरिएको पोष्टरिङ निर्मालाका लागि न्याय खोज्न दबावका लागि गरिएको उनीहरुको भनाइ छ।

‘निर्मालाका लागि न्याय सरकारको प्राथमिकतामा नपरेको महशुस गरेर यस्तो अभियान थालेका हौ,’ पोस्टर टाँस्ने अभियानका एक युवाले भने। यही समूहले नै राष्ट्रपतिका लागि सवारीसाधन खरिद गर्न राज्यकोषको १८ करोड रुपैयाँ फजुल खर्च भएको र त्यसको विरोध जनाउन केही दिन पहिले पशुपति मन्दिर परिसरमा १ रुपैयाँ भिखमाग्ने कार्यक्रम गरेका थिए।

 










यसमा तपाईको मत

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad