८ वैशाख २०८१ शनिबार
खेल

महावीर युथकाे पहिलाे विजय

काठमाडौं– महावीर युथले सोमबार सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमामहावीरले नयाँबस्ती युवा क्लबलाई ३–२ ले पराजित गरेको हो । महावीर जारी लिगको रेलिगेसन क्षेत्रमा छ । महावीरले ११ खेलमा १ जित र १ बराबरी खेल्दै ४ अंकमात्र जोडेको छ । तर महावीर अंकतालिकाको पुछारमा छ । इन्जुरी समयको तेस्रो मिनेटमा सरोज थापाले गोल गरेपछि महावीरले जित पक्का गरेको थियो ।

कप्तान विकास गुरुङले १५औं मिनेटमा गोल गर्दै महावीरलाई अग्रता दिलाए । १८ औं मिनेटमा नयाँबस्तीका कप्तान विकास राईले गोल गर्दै खेल बराबरी गरे । उमेश थापाले ७४ औं मिनेटमा गोल गरेर महावीरलाई २–१ को अग्रता दिलाए । तर नयाँबस्तीका रमेश तामाङले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै बराबरीमा ल्याएपछि खेल रोचक मोडमा पुगेको थियो ।

बराबरीमा सकिन केही सेकेन्डबाँकी थियो । तर सरोजले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेपछि लिगमा महावीरले महŒवपूर्ण ३ अंक जोड्न सफल भयो ।

सोमबारै अर्को खेलमा सातदोबाटो युथ क्लबले मध्यपुर युथ एसोसिएसनलाई २–१ ले हरायो । सातदोबाटोको जितमा सिन्काकुमार तामाङ र रिपु भोलोनले गोल गरेका थिए । सिन्काले ५९औं र रिपुले ८०औं मिनेटमा गोल गरे । मध्यपुरबाट साजन प्रधानले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे । सातदोबाटोले ११ खेलबाट १९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । सातदोबाटोले ११ खेलमा ६ जित र १ बराबरी खेलेको छ ।
हारपछि मध्यपुर रेलिगेसनभन्दा एक स्थानमात्र अगाडि छ । भक्तपुरे टोलीमध्यपुरले ११ खेलबाट १० अंक बटुलेको छ ।

प्रकाशित: ११ आश्विन २०७३ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App