८ वैशाख २०८१ शनिबार
समाज

आज विजोर सवारी मात्र

काठमाडौं- काठमाडौंमा मंसिर  १४ देखि १७ सम्म हुन लागेको ‘एसिया प्यासिफिक सम्मेलनमा विदेशी पाहुनाहरु आउने क्रम सुरु भएको छ। सम्मेलनलाई मध्यनजर राख्दै १३ देखि १६ गतेसम्म जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउने व्यवस्था महानगरीय ट्राफिक महाशाखाले मिलाएको छ।

मानिसको अत्याधिक चाप रहेको राजधानी काठमाडौंमा जोर विजोर सवारी चल्दा सर्वसाधारणले सास्ती व्यहोरेका छन्। आज बिजोर नम्बर प्लेटका सवारी मात्र चलेका छन्। सडकमा सर्वसाधारणले गाडी कुरिरहे पनि विजोर मात्र चलेकाले यात्रु भिडमभाड गर्दै सार्वजनिक यातायातामा चढ्नु पर्ने बाध्यता छ।

एम्वुलेन्स, शैक्षिक संस्था, प्रेस लगायत अत्यावस्यक सवारीलाई भने यो प्रणाली लगाइएको छैन। महाशाखाका अनुसार १६ गतेसम्म यो प्रणाली कायम हुने छ।

तस्बिर : दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App