coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालगन्जमा बजाज आरई महा टेस्ट ड्राइभ

काठमाडौं – बजाज आरई थ्री ह्विलर (टेम्पु)को अधिकृत बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले उक्त बाहनबारे जानकारी, टेस्ट ड्राइभ र मनोरञ्जन दिन नेपालगन्जमा गत शनिबार बजाज आरई महा टेस्ट ड्राइभ मेला गरेको जनाएको छ।

कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्री ह्विलरको टेस्ट ड्राइभ गराउन मेला गरेको हो। सो अवसरमा सांगीतिक कार्यक्रम, लक्की ड्र, नृत्य, नाटक, फुड स्टल समेतको व्यवस्था गरिएको कम्पनीको विज्ञप्तिमा उललेख छ।

कार्यक्रममा गायिका इन्दिरा जोशी, गायक कालीप्रसाद बास्कोटा, सुरज थापा र प्रसिद्ध कमेडियन राजा राजेन्द्र पोखरेल लगायत कलाकारको प्रत्यक्ष प्रस्तुति रहेको थियो। टेस्ट ड्राइभमा सहभागी चालकलाई निःशुल्क खाना र आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीको भनाइ छ। नेपालगन्जमा बजाज आईको आधिकारिक  बिक्रेता युनाइटेड मोटर सप्लायर्स प्रालि रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७५ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App