coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विकास रनिङ सिल्ड चितवनमा अायाेजना हुने

प्रतियोगिताका बारेमा जानकारी दिन नारायणगढमा अयोजना भएको पत्रकार सम्मेलन।

चितवन– विकास सिल्ड समितिले नारायणगढ क्याम्पा चौरमा विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रचार उपसमितिका संयोजक सिद्धार्थलाल चुकेले कात्तिक १ देखि हुने प्रतियोगितामा नेपाल र भारतका १४ टोलीले प्रतिस्पर्धा गर्ने बताए ।

विकास रनिङ सिल्ड चितवनमा २०३१ सालमा सुरु भएको हो । यो १२ औं संस्करण हो । ०५७ सालयता भने प्रतिस्पर्धा भएको थिएन । विजेताले रनिङ सिल्डसहित ३ लाख र उपविजेताले एक लाख ५० हजारसमितिका अध्यक्ष श्यामकुमार पियाले बताए ।

कात्तिक १३ सम्म चल्ने प्रतियोगितामा एक टोलीलाई फेयर प्ले अवार्ड दिइनेछ । त्यसको राशि २५ हजार हुनेछ । प्रत्येकखेलका उत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिने अध्यक्ष पियाले बताए । उत्कृष्ट खेलाडीले २५ हजार र सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ पाउने छन् ।

२०५७ सालमा सम्पन्न ११ औं विकास रनिङ सिल्डको विजेता तत्कालीन शाही औषधि लिमिटेड थियो । ‘०३१ सालदेखि ०४२ सालसम्म बीचमा दुई वर्ष रोकिए पनि प्रतियोगिता हुँदै आएको थियो । ०४२ सालमा भएपछि एकैपटक ५७ सालमा भयो । त्यसपछि अहिले गर्दैछौं,’ अध्यक्ष पियाले भने,‘अब भने प्रत्येक वर्ष प्रतियोगिता आयोजना हुन्छ ।’    

आर्थिक समितिका संयोजक उत्तमलाल चुकेले ८ वर्षका लागि प्रायोजकसँग सम्झौता भएको जानकारी दिँदै अब निरन्तर हुनेमा विश्वास बढेको बताए । प्रतियोगितामा तीनवटै विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित मनाङ मस्र्याङ्दी, संकटा र हिमालयन शेर्पा क्लबल भाग लिने छन् ।

झापा ११, चितवन ११, सुदूरपश्चिमको हिमालयन स्पोर्टस क्लब, विराटनगरको मोरङ फुटबल क्लब, पोखराको सहारा क्लबले पनि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । भारतबाट सिक्किम ११, कोलकाताको एफसी क्लब र बिहारको युनाइटेड क्लब सिवान आउने पक्का भइसकेको चुकले बताए । कोलकाताको मोहन बगान टिम आउने सम्भावना रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता गर्न ६७ लाख ४३ हजार रुपैयाँ लाग्ने अनुमान छ । खेलस्थल क्याम्पाचौर मर्मतको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

 

प्रकाशित: ११ आश्विन २०७३ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App