८ वैशाख २०८१ शनिबार
खेल

एथ्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं – फ्रान्सेली क्लब मोनाकोलाई २–० ले पराजित गर्दै स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

बुधबार राति घरेलु मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा अन्तिम ९ मिनेट १० खेलाडीमा समेटिएको एथ्लेटिकोका लागि खेलको दोस्रो मिनेटमा कोके र २४ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे।  पहिलो हाफमा नै २ गोल गरेको एथ्लेटिकोले दोस्रो हाफमा गोल गर्न सकेन भने मोनाकोलाई पनि गोल गर्न दिएन।

खेलको ८३ औं मिनेटमा स्टेभेन साभिक दोहोरो पहेको कार्डसहित मैदानबाट बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा समेटिएको थियो। साभिकले डिबक्स भित्र बललाई हातले छोएपछि रेफ्रीले उनलाई पहेलो कार्ड देखाउँदै मोनाकोलाई पेनाल्टी दिएका थिए। तर, पेनाल्टीमा राडामेल फाल्काओले गोल गर्न सकेनन्।

जितसँगै शीर्ष स्थानको एथ्लेटिको ५ खेलबाट १२ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्यो। १ अंक जोडेको मोनाको भने पुछारमा रहदै प्रतियोगिताबाटै बाहिरिएको छ।

यही समूहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुगलाई गोलरहित बराबरीमा रोक्दै जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि अन्तिम १६ मा प्रवेश गरेको छ। दोस्रो स्थानको डर्टमण्डले १० अंक जोडेको छ। पाँच अंक जोडेर तेस्रो स्थानमा रहेको क्लब ब्रुग पनि प्रतियोगिताबाट बाहिरिएको छ।

त्यस्तै समूह ‘डी’ बाट एफसी पोर्टो र साल्के पनि नकआउट चरणमा प्रवेश गरेका छन्। बुधबार राति सम्पन्न खेलमा पोर्चुगलको पोर्टोले जर्मन क्लब साल्केलाई ३–१ ले हरायो। हारका बाबजुत पनि साल्के दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो। यही समूहको अर्को खेलमा रसियाको लोकोमोटिभ मस्कोले टर्कीको गालातासारेलाई २–० ले पराजित गर्यो।

प्रकाशित: १३ मंसिर २०७५ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App