coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एसिया प्याशिफिक सम्मेलन : आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री काठमाडौंमा (भिडियो)

काठमाडौं- एसिया प्याशिफिक सम्मेलनमा सहभागी हुन म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी  काठमाडौं आइपुगेकी छन्। यसै गरी कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि काठमाडौं उत्रिएका छन्। उनीहरुलाई विमानस्थलमा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे। छुट्ट छुट्टै विमानस्थलमा उत्रिएका उनीहरुलाई नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो।

 युनिभर्सल पीस फेडेरेसनले अायाेजना गरेकाे उक्त सम्मेलन काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म हुँदैछ।सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ।

विदेशी पाहुनाहरुको नेपाल आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था सुदृढ पारिएको छ। आज मंसिर १३ गतेदेखि मंसिर १६ गतेसम्म काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ।

आयोजकका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ भने दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिका, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुने जनाइएको छ।
तस्बिरहरु : केशव थोकर

प्रकाशित: १३ मंसिर २०७५ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App