८ वैशाख २०८१ शनिबार
खेल

बार्सिलोनाद्वारा पिएसभी पराजित, टोटेनह्यामको कठिन जित

काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको पिएसभीलाई २–१ ले पराजित गरेको छ। यसअघिनै अन्तिम १६ मा प्रवेश गरिसकेको बार्सिलोना जितसँगै समूह ‘बी’ को विजेता बनेको छ।

अब टोटेनह्याम र मिलानमध्ये एक टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन्। अन्तिम खेलमा टोटेनह्यामले बार्सा र मिलानले पिएसभीसँग खेल्नेछन्।

बुधबार राति सम्पन्न खेलको पहिलो हाफ बराबरीमा सकिएपनि ६१ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्साले अग्रता लिएको थियो। त्यस्तै ६० औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै अग्रता दोब्बर पारे। ८२ औं मिनेटमा पिएसभीका लुक डी जोङले सान्तवना गोल फर्काए। जितसँगै शीर्ष स्थानको बार्सिलोनाको ५ खेलबाट १३ अंक भएको छ। पराजित पिएसभी १ अंकसहित पुछारमा छ।

यही समूहको अर्को खेलमा इङ्लिस क्लब टोटेनह्यामले इटालियन क्लब इन्टर मिलानमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ। जितसँगै टोटेनह्याम प्रि क्वार्टफाइनल नजिक पुगेको छ। टोटेनह्यामलाई जिताउन एकमात्र निर्णायक गोल ८० औं मिनेटमा सफ्सिच्युट क्रिस्टियन एरिक्सननले गरेका थिए।  टोटेनह्यामको ५ खेलबाट ७ अंक छ। इन्टरको पनि ५ खेलबाट ७ अंक नै छ।

प्रकाशित: १३ मंसिर २०७५ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App