coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेन्चुरी र सनराइज क्वार्टरफाइनलमा

काठमाडौं – सेन्चुरी बैंक र सनराइज बैंकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस पाँचौं संस्करणको क्वार्टरफाइनलमा बिहीबार भिड्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार भएको प्रिक्वार्टरफाइनलमा आयोजक सेन्चुरी बैंकले अन्नपूर्ण मिडियामाथि पाँच विकेटको जित निकाल्दै क्वार्टरफाइनमा स्थान बनाएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको अन्नपूर्णले निर्धारित पाँच ओभरमा पाँच विकेट गुमाउँदै ५७ रन बनाएको थियो।

अन्नपूर्णका लागि वसन्त खत्रीले ४६ रन बनाएका थिए। सेन्चुरीको बलिङमा दिवस डंगोल र सुरज तिमिल्सिनाले समान एक विकेट लिए। जबाफी ब्याटिङमा उत्रिएको सेन्चुरीले आक्रामक ब्याटिङ गर्दै एक ओभरअगावै ५९ रन बनाएर लक्ष्य पूरा गर्यो। बलिङमा एक विकेट लिएका सुरजले अलराउन्ड प्रदर्शन गर्दै अविजित ३६ रनसहित आफ्नो टोलीलाई जित दिलाए। उनी म्यान अफ दी म्याचसमेत चयन भएका थिए।

अर्को प्रिक्वार्टरफाइनल खेलमा सनराइजले नबिल बैंकमाथि ६ विकेटको जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नबिलले पूरै ओभर खेल्दै चार विकेटको पतनमा ४६  रनको लक्ष्य प्रस्तुत गरेको थियो। नबिलका लागि अमित पोख्रेल १६ रन र अमित श्रेष्ठले १० रनको योगदान दिएका थिए।

सनराइजको बलिङमा अनिल पोख्रेल र मनोज विष्टले समान एक विकेट लिएका थिए। जबाफी ब्याटिङमा उत्रिएको सनराइजले आक्रामक ब्याटिङ गर्दै २.२ ओभरमा बिनाविकेट ४७ रन बनाउँदै लक्ष्य पूरा गर्यो। उसका लागि केदार सिंहले अविजित २१ रन र कृष्ण मण्डलले अविजित ९ रन बनाउँदै आफ्नो टोलीलाई जित दिलाए।

त्यस्तै नेपाल टेलिकमले पनि सूर्य नेपालमाथि १२ रनको जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल टेलिकमले पूरै ओभर खेल्दै एक विकेट गुमाएर ६७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जबाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले निर्धारित ओभर नै खेल्दै एक विकेटको क्षतिमा ५४ रन मात्र बनाउन सकेपछि टेलिकमले सहज जित हात पार्यो।

बिहीबार हुने प्रिक्वार्टरफाइनलमा सुविसु र सिभिल बैंक, सिप्रदी र मेगा बैंक, नेपाल एसबिआई र एनएमबी बैंक, आइसिएफसी फाइनाइन्स र भारतीय दूतावास तथा एनआइसी एसिया र जनता बैंकबीच प्रतिस्पर्धा हुनेछन्। बिहीबार नै क्वार्टरफाइनलका खेल पनि हुनेछ। 

प्रकाशित: १३ मंसिर २०७५ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App