coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चौहान अन्तिम चारमा

एकलतर्फ भारतीय प्रियांसी चौहान बल फर्काउने प्रयासमा। तस्बिरः उमेश/नागरिक

पोखरा – पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट २ मा बुधबार भारतीय खेलाडी प्रियांसी चौहान अन्तिम चारमा पुगेकी छिन्। महिला एकलतर्फको प्रतिस्पर्धामा बुधबार चौहानले नेपालकी अजा रेग्मीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेकी हुन्।

त्यस्तै महिलातर्फकै एकल प्रतिस्पर्धामा सर्वानी श्रेष्ठले निमिषा ढकाललाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दा प्रकृति श्रेष्ठले ईशाश्री शाहलाई ५–४ (४) र ४–२ को सेटमा परजित गरिन्।  इभा अधिकारीले सुमिरा थापालाई ४–१, ५–३ को सेटमा हराउँदा श्रेया भट्टराईले आध्या पौडेललाई ४–०, ४–२ को सेटमा पराजित गरिन्। त्यस्तै शृष्टि राईले आइशा डोलकर गुरुङलाई ४–२, ४–१ को सेटमा पराजित गरिन्।

पुरुष एकलमा नेपालका नम्बर वान खेलाडी आरभ हाडाले भारतका अचिन्त्य बर्मालाई ६–१, ६–१ को सेटमा पराजित गरे। त्यस्तै इभ्याक जोशीले प्रीतम परियारलाई ७–५, ६–४ को सेटमा पराजित गर्दा अकि जुविन रावतले चिराग तिमिल्सिनालाई ६–२, ५–७ र ६–२ को कठिन सेटमा पराजित गरे।  पाकिस्तानका हसिस कुमारले निश्चलजंगबहादुर थापालाई ६–२, ६–० मा पराजित गर्दा प्रणव मानन्धरले भारतका हरिशरण भास्करणलाई ०–४, ४–१ र ४–१ ले पराजित गरे। सफल श्रेष्ठले श्लोककैशर खड्कालाई ५–३, ५–४ (४) को अन्तरमा पराजित गर्दा सक्षमविक्रम शाहले श्रेयांश पौडेललाई ४–०, ४–० को अन्तरमा हराए। आयुष्मानहजुरले घलेले राजवीर प्रधानलाई ४–१, ४–१ मा पराजित गर्दा सौगात विकको वाकओभरबाट सरोज तामाङ विजयी भए।

महिला डबल्सतर्फ मिलिचक र अजा रेग्मीको जोडीले ईशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीलाई ७–५ र ४–६ ले पराजित गर्दै फाइनल पुग्यो भने प्रियांसी चौहान र सुवांगी लक्ष्मीको जोडीले प्रशंसा मोक्तान र सुमिरा थापाको जोडीलाई ६–१, ६–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो।

पुरुषतर्फ डबल्समा हसिसकुमार र अकिजुविन रावतको जोडीले हरिशरण भाष्करण र चिराग तिमिल्सिनाको जोडीलाई ६–१, ६–३ ले पराजित गर्दै फाइनल पुग्यो भने आरभ हाडा र प्रणव मानन्धरको जोडीले इभ्याक जोशी र अचिन्त्य वर्माको जोडीलाई ६–०, ६–४ पन्छाउँदै उपाधि भिडन्त पक्का गर्यो। बिहीबार डबल्सतर्फ पुरुष तथा महिलाका फाइनल हुनेछन्।

प्रकाशित: १३ मंसिर २०७५ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App