निर्मलाका हत्यारालाई कारबाही नगर्नु दुर्भाग्य : रेखा थापा

बुधबार, १२ मङि्सर २०७५, २१ : ४३ मदन ठाकुर

रौतहट– नेपाली सिने जगतकी प्रख्यात नायिका एवं रेखा फाउण्डेशनका अध्यक्ष रेखा थापाले कञ्चनपुरकी चेली निर्मला पन्तलाई बलात्कार गरेर क्रुरतापुर्वक हत्या गर्ने हत्यारालाई राज्यबाट कारवाही नहुनु अत्यन्तै चिन्तनीय विषय भएको बताएकी छिन्। 

‘निर्मला एउटा ज्वलन्त उदाहरण हुन् हाम्रो मुलुकमा दिनदिनै कैयौं चेलीबेटीहरु बलात्कारको शिकार भई अनाहकमा ज्यान गुमाउन विवश भए पनि राज्यद्धारा त्यस्ता अपराधीहरु नसमातिनु नै यस प्रकारका घटनाहरुले प्रश्रय पाएको हो’, उनले भनिन्। 

‘छोरीको निम्ती स्वर्णीम अभियान एवं वेटी बचाव वेटी पढाव’ प्रदेश सरकारको कार्यक्रम अन्तर्गत रेखा फाउण्डेशनद्वारा बुधवार रौतहट सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अभियानकी अभियन्ता थापाले छोरीमाथि हुने विभिन्न खाले अपराधिक गतिविधिको प्रमुख कारण अशिक्षा एवं सेल्फ डिफेन्सको क्षमता चेलीहरुलाई नभएका कारण यस्ता अपराधहरु बढेकोमा चिन्ता व्यक्त गरिन।

आत्मनिर्भर, आत्मरक्षाको लागि चेलीलाई ट्रेन्ड बनाउनका लागि सबैभन्दा पछि डाँडु पन्यु दिनुभन्दा पहिला हातमा कलम र किताब दिई विद्यालयको अध्ययनमा पठाएर आत्मनिर्भर बनाएमा मात्रै छोरीमाथिको हिंसा न्यूनिकरण हुनेमा विश्वास व्यक्त गर्दै नायिका थापाले छोरी राम्ररी शिक्षित भएमा परिवार सुखी हुनुका साथै घरपरिवार शिक्षित भई बाल विवाहको अन्त्य हुने एवं परम्परागत सोचबाट बाहिर निस्किदा शिक्षित समाज बन्न सक्ने उनले स्पष्ट पारेकी छिन्।

मानव सूचकांकमा सबैभन्दा पछि परेका रौतहट जिल्ला त्यसमा पनि निर्वाचन क्षेत्र २ अझ तल रहेको अवस्थामा त्यहाँ भइरहेको बालविवाह, छोरीमाथि गरिने हिंसालाई बन्द गर्नका लागि छोरीको निम्ती स्वर्णिम अभियान, बेटी बचाव बेटी पढाव सम्बन्धि संकल्प पत्र आजबाट परोहा नगरपालिकाको लौकाहामा आरम्भ भएको छ, यसलाई प्रभावकारी बनाउन सवैको सहयोग भएमा मात्रै सम्भव रहेको बताउँदै नायिका थापाले सबैसित सकारात्मक सहयोगको अपेक्षा राखेको बताइन।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad