७ वैशाख २०८१ शुक्रबार
खेल

फाल्गुनन्द गोल्डकप पुष २१ देखि, विजेताले ४ लाख पाउने

पाँचथर - जिल्लाको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दशौँ संस्करण पुष २१ गतेदेखि हुने भएको छ।

अखिल फुटबल संघ (एन्फा) को कार्यतालिका अनुसार प्रतियोगिता गर्ने गरी विगतको तुलनामा केहि ढिला प्रतियोगिता  सुरु हुने भएको हो। बुधबार प्रतियाेगिता सञ्चालन बारे जानकारी दिन अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा अायाेजक फिदिम स्पाेर्टिङ क्वल र पाँचथर फुटवल संघले यस अघिकाे पुरस्कार राशिमा १ लाख बढाएर ४ लाख पुर्‍याइएकाे छ।

प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबहरु सहित १० टिमको सहभागिता रहने फिदिम स्पाेर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए। प्रतियोगितमा त्रिभुवन आर्मी क्लव, एपिएएफ, हिमालयन शेर्पा, डिवाईन ब्वाईज युनियन, जावलाखेल युथ क्लव, सुनसरी–११, झापा–११, कर्णसिंह सोनाम मेमोरीय क्लव ताप्लेजुङ र आयोजक फिदिम स्पोर्टिङको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ।

प्रकाशित: १२ मंसिर २०७५ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App