काठमाडौँ- नेपाली बजारमा आज सुन सुनचाँदीको मूल्य घटेको छ। मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको ‘पहेँलो धातु’ आज घटेर प्रतितोला रु ५७ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
अघिल्लो दिनको तुलनामा आज रु ४०० ले घटेको हो। मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको थियो। आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घका उपाध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए।
तेजावी सुन प्रतितोला रु ५७ हजार ३ ०० मा कारोवार भएको छ। महासङ्घले आज १० ग्राम सुनको मूल्य ४९ हजार एक ३० कायम गरेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने रु पाँचले घटेको छ। अघिल्लो दिन ७०५ मा कारोवार भएको चाँदी आज ७०० मा कारोवार भएको छ। महासङ्घले १० ग्राम चाँदीको मूल्य रु ६०० कायम गरेको छ। रासस
प्रकाशित: १२ मंसिर २०७५ १२:०८ बुधबार