coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सुरक्षा संगठनको महत्वपूर्ण भूमिकाः आइजिपी खनाल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपालीको’ लक्ष्य पूरा गर्नमा सुरक्षा संगठनको महत्वपूर्ण भूमिका रहने बताएका छन्। त्यसका लागि राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु समेत आफ्नो जिम्मेवारी र दायित्वप्रति संवेदनशील भई कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनु पर्ने उनको भनाई छ। 

 राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. २ व्यवस्थापन तथा योजना तालिम समापन समारोहमा बोल्दै खनालले सुरक्षा व्यवस्थालाई सधैं चुस्त एवं दुरुस्त बनाई राख्नका लागि राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले योजनाबद्ध ढंगले एकआपसमा आवश्यक समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। समाजमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा प्रभावकारी ढंगबाट परिचालित हुन उनले निर्देशन पनि दिए।

फौजी संगठनमा चेन अफ कमाण्डको महत्वमाथि प्रकाश पार्दै आइजिपी खनालले कार्यक्षेत्रमा नेतृत्व बहन गर्ने सशस्त्र प्रहरी अधिकृतहरुले मातहत कर्मचारीको अनुगमन गर्दै कुशल नेतृत्व प्रदान गरी एकताबद्ध रुपमा सामूहिक भावनाका साथ कार्यक्षेत्रमा आईपर्ने चुनौतीहरुको सामना गरी उत्कृष्ट कार्य सम्पादनमा जोड दिनुपर्ने बताए। 

कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी रामशरण पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बदलिएको सुरक्षा चुनौतीलाई रणनीतिक योजना र व्यावसायिक दक्षताका साथ परास्त गरी राज्यले सुम्पिएका जिम्मेवारीहरु सहज रुपमा पूरा गर्न सक्ने सक्षम कमाण्डर उत्पादनमा यस्ता व्यावसायिक तालिमको विशेष भूमिका रहने बताए। 

एक महिना कार्य अवधिको उक्त तालिममा १८ जना सशस्त्र प्रहरी उपरीक्षकहरुको सहभागिता रहेको थियो।  तालिममा सर्वोत्कृष्ट हुन सफल एसपी बिदुर खड्कालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतको उपस्थिति रहेको थियो। 

प्रकाशित: १२ मंसिर २०७५ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App