८ वैशाख २०८१ शनिबार
खेल

च्याम्पियन्स लिग : बेन्फिकामाथि वार्यन म्युनिखको फराकिलो जित

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न समूह ‘इ’ को खेलमा जर्मन क्लब वार्यन म्युनिख विजयी भएको छ। वार्यन म्युनिखले पोर्चुगिज क्लब बेन्फिकालाई ५–१ ले पराजित गरेको हो।

जितसँगै वार्यन म्युनिख अन्तिम १६ मा प्रवेश गरेको छ। वार्यनको जितमा खेलको १३ र ३० औं मिनेटमा आर्जेन रोबेन, ३६ र ५१ औं मिनेटमा रोबर्ट लेबान्डोस्की र ७६ औं मिनेटमा फ्रान्क रिबेरीले गोल गरे। जितसँगै वायर्नले ५ खेलबाट १३ अंक जोडेको छ। ४ अंक जोडेको बेन्फिका भने समूह चरणबाटै बाहिरिएको छ।

यसै समूहको अर्को खेलमा डच क्लब आयाक्सले पनि नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। आयाक्सले मंगलबार राति एथेन्सलाई २–० ले पराजित गर्यो। आयाक्सले ५ खेलबाट ११ अंक जोडेको छ।
 

प्रकाशित: १२ मंसिर २०७५ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App