coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं – इटालियन क्लब युभेन्टस स्पेनिस क्लब भ्यालेन्सीयालाई १–० ले पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा मंगलबार राति सम्पन्न समूह ‘एच’ को खेलमा युभेन्टसका लागि पहिलो हाफमा पाउलो डिबाला, मारियो मान्डजुकिक र क्रिष्टियानो रोनाल्डोले गोलको खाता खोल्न संघर्ष गरेपनि सफल भएनन्। तर ५९ औं मिनेटमा रोनाल्डोको पासमा मान्डजुकिकले गोल गरे। सोही गोल युभेन्टसको जितमा पर्याप्त बन्यो।

जितसँगै युभेन्ट्सले ५ खेलबाट १२ अंक जोडेको छ। पराजित भ्यालेन्सिया भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। भ्यालेन्सियाको ५ खेलबाट ५ अंक छ।
 

प्रकाशित: १२ मंसिर २०७५ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App