coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियाली विमानस्थलमा महिनौं राेकिएका शरणार्थी क्यानडा पुगे

क्वालालाम्पुर – मलेसियाको विमानस्थलमा सात महिना बिताएका एक सिरियाली शरणार्थी सोमबार क्यानडा पुगेका छन्। क्यानडाले राजनीतिक शरण दिएपछि सात महिना मलेसियाली विमानस्थलमा अड्किएका सिरियाली शरणार्थी हसन अल–कोन्तार क्यानडा पुगेको बिबिसीले उल्लेख गरेको छ।

क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट दुःखदायी भिडियो लगातार सेयर गरेपछि उनी विश्व आकर्षणमा परेका थिए। उनले पछिल्लो दुई महिना मलेसियाली पक्राउ केन्द्रमा बिताएका थिए। उनका क्यानेडेली स्पोन्सर्सले उनको मुद्दा सुपुर्दगी हुने आश गरेको बिबिसीले जनाएको छ। उनी सोमबार अबेर क्यानडाको भ्यानकोभर पुगेका थिए।

ब्रिटिस कोलम्बिया मुस्लिम एसोसियसन र क्यानडा केयरिङ सोसाइटीले उनलाई शरणार्थीका रूपमा क्यानडा आउन सहयोग गरेका हुन्। हसन अल–कोन्तारको अवस्था विश्वभर रहेका शरणार्थीको प्रतिनिधिमुलक एक समस्या भएको विभिन्न अधिकारवादी संघ–संस्थाले बताएका छन्।

कैयौं अधिकारवादी संस्थाले उनको मुद्दाको पक्षमा लबिङ गरेका थिए। सिरियामा युद्ध सुरु हुँदा उनी संयुक्त अरब इमिरेट्सको एउटा इन्सुरेन्स कम्पनीमा कार्यरत थिए। उनले देश गए सेनामा जानु पर्ने डरले पासपोर्ट नविकरण गरेका थिएनन्। त्यसैले उनी त्यहीं नै गैरकानुनी रूपमा बसे तर उनलाई सन् २०१६ मा पक्राउ गरियो। नयाँ पासपोर्ट बनाउन सफल भएपछि उनी सन् २०१७ मा मलेसिया पठाइए। तीन महिने भिजा पाएका उनको भिजा समाप्त भएपछि उनी विमानस्थलमै अलपत्र परे।

प्रकाशित: १२ मंसिर २०७५ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App