८ वैशाख २०८१ शनिबार
समाज

गलत समाचार लेख्ने सम्पादक पक्राउ

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारेमा असत्य समाचार प्रकाशन गरेको भन्दै प्रहरीले पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले चन्दलाई भ्रामक समाचार प्रकाशित गरेको आरोपमा काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो। सो अनलाइनले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहाललाई खुकुरी प्रहार भएको भन्दै समाचार प्रकाशित गरेको थियो।

रोल्पा स्थायी घर भएका चन्दले आफ्नो अनलाइनमा प्रचण्ड गते ६ गते चितवन जाँदा चितवनको कृष्णचोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास गरेको भन्ने समाचार प्रकाशित गरेका थिए। चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले बताए। चन्दलाई साइबर अपराधअन्र्तगत अनुसन्धान गरिनेछ।

प्रकाशित: १२ मंसिर २०७५ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App