coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अब इन्जिनियरलाई पनि लाइसेन्स

काठमाडौं – नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङको क्षेत्रमा पनि लाइसेन्सको व्यवस्था गर्ने तयारी थालेको छ। मेडिकल शिक्षामा जस्तै निश्चित परीक्षा पास गरिसकेपछि मात्रै काम गर्न पाउने व्यवस्थाका लागि लाइसेन्सको व्यवस्था गर्न लागिएको जनाइको छ।

नवनियुक्त नेपाल इन्जिनियरिंग काउन्सिलका प्रमुख इन्जिनियर डिल्लीरमण निरौलाले त्यसका लागि नेपाल इन्जिनियरिंग काउन्सिल ऐन २०५५ लाई संशोधन गर्ने तयारी भइरहेको जनाए। ‘ऐन संशोधनका लागि हामीले संसद्मा पठाउनेछौं,’ काउन्सिलका नवनियुक्त प्रमुख निरौलाले नेपाल इन्जिनियरिंग कलेज चाँगुनारायण भक्तपुरको जर्नल साइटिच नेपालको सोमबार विमोचन गर्दै भने, ‘ऐन संशोधन भएपछि लाइसेन्सको व्यवस्था गर्नेछौं।’ गुणस्तरीय इन्जिनियरिंङको कामको लागि यस्तो व्यवस्था गर्नुपर्ने खाँचो रहेको उनले औंल्याए।

नेपालमा हाल मान्यताप्राप्त शिक्षण संस्थाबाट निश्चित परीक्षा पास गरेपछि कामका लागि स्वीकृति दिने व्यवस्था छ। यो व्यवस्थाले गुणस्तरीय काम हुन नसकेको काउन्सिलका नवनियुक्त प्रमुख निरौलाको भनाइ थियो। नेपालमा लेख्ने र जर्नल निकाल्ने संस्कारको विकास नभएको बताउँदै उनले जर्नलमा लेख्ने र पढ्ने संस्कारलाई बढावा दिनुपर्ने बताए। नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ, सहायक प्रिन्सिपल दीपक धामी, कलेजका सहायक प्राध्यापक एवं जर्नलका प्रबन्ध सम्पादक सचिन श्रेष्ठलगायतले जर्नलको विविध विषयमा प्रकाश पारे।

प्रकाशित: १२ मंसिर २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App