४ वैशाख २०८१ मंगलबार
समाज

मङ्सिर १३ देखि सवारीसाधनमा जोर विजोर

काठमाडौं– काठमाडौं उपत्यकाभर यही मङ्सिर१३देखि १६ गतेसम्म ४ दिनका लागि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ।

राजधानीमा हुन लागेको एसिया प्यासेफिक सम्मेलनलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनका लागि भन्दै बिहीबारदेखि आईतबारसम्म सवारीसाधनमा जोर विजोर प्रणाली कार्यान्वयन गर्न लागेको जनाएको छ। 

उक्त सम्मेलनमा भाग लिन आउने विभिन्न मुलुकका सहभागीहरुको सवारी आवगमनलाई व्यवस्थित गराउन भन्दै ४ दिन लामो जोर विजोर प्रणाली लागू गरिएको हो। महशाखाका अनुसार १३ गते(बिहीबार) र १५गते(शनिबार) विजोर नम्बरका सवारीसाधनमात्र चल्न पाउनेछन् भने १४गते(शुक्रबार) र १६गते(आईतबार) जोर नम्बरका सवारीसाधनमात्र सञ्चालन गर्न दिइनेछ। 

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीसाधनहरुमा भने यो प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७५ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App