विदेशी भुमिबाट फेरिँदै विहे संस्कार, ‘माइ स्वयम्बर’को शुभारम्भ

मङ्गलबार, ११ मङि्सर २०७५, १७ : ५२ नागरिक

सिड्नी– संसारभर छरिएका नेपाली समाज र सनातनी परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन, सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वास्तु परामर्श तथा विभिन्न धार्मिक अनुष्ठानका लागि ‘गुरू मन्जरी’ नामक संस्था अष्ट्रेलियामा स्थापना भएको छ।

‘धार्मिक अनुष्ठानसँगै जीवनको महत्वपूर्ण विषय भनेको विवाह हो। यो सफल भएमा मात्र जीवन र जगत सफल हुने विश्वास गरिन्छ। विशेषगरी बिदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभुषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर, बधुको मिलनका लागि यो संस्थाले नेपाल महोत्सव सिड्नी २०१८ को अवसर पारि २४ नोभेम्बर को दिन सिड्नीका लागि नेपाली वाणिज्यदूत दिपक खड्काले मेरो स्वम्बर नामक संस्थाको आधिकारिक वेवसाइट खोलेर उदघाटन गरेका छन्।

विज्ञान र प्रविधिले सामाजिक क्षेत्रमा पनि लामो फड्को मारेकाले विकासको गतिसँगै दौडिरहेको मानव जीवनलाई सहज र सरल रुपमा संसारको जुन कुनावाट पनि उपयुक्त वरबधु प्राप्त गरेर सुखमय जीवनयापनका लागि लामो अध्ययनपछि माइ स्वयंबर डट्कमको शुभारम्भ गरिएको संस्थाका संयोजक प्रकाश ढोडारीले बताए।

अष्ट्रेलियासँगै नेपाल, अमेरिका, बेलायत, क्यानडा र जापानमा अहिलेका लागि संस्थाको बिधिवत कार्यालयहरु रहनेछन्। यी संस्थाले सम्बन्धित मुलुकको कानुनी प्रक्रियाभित्र रहेर माइ स्वंयम्बर डट्कमलाई अगाडि बढाउनेछन्। माइ स्वयंम्बर डट्कम  सिड्नीमा नेपाल महोत्सवको क्रममा भब्य रुपमा शुभारम्भ भए पनि यसले भने २०१९ को जनवरी एकदेखि आफ्नो काम प्रारम्भ गर्नेछ।

यो संस्थाको उद्देश्यबारे प्रष्ट पार्दै ढोडारीले अगाडि भने, ‘विवाहका रुपमा बिदेश ल्याउने वा भिसा लाउने पटक्कै होइन, मेरो स्वयंम्बरले बिवाह गर्न चाहने बरबधुलाई उपयुक्त प्लेटफर्मको निर्माण मात्र गरिदिने हो।’

संस्थाको बिशेष कामका लागि यसका ज्ञाता पण्डितहरुलाई समेत जिम्मेबारी सुम्पिएको उनले बताए। बिवाह र यस सम्वन्धित सबै विषयका परामर्शका लागि प्रकाश पण्डितको संयोजकत्वमा एउटा टिम रहेका छ भने ज्योतिषी परामर्शका लागि ज्योतिषविद राजु शर्मा  भेटवाल र वास्तुसम्वन्धी बिषयमा श्रद्धा बिष्टको संयोजकत्वमा २१ जना पण्डितहरु रहने छन्।

जस अनुसार अष्ट्रेलियाबाट संयोजक प्रकाश ढोडारी छन् भने सदस्यका रुपमा अमेरिकाको न्युयोर्कमा पण्डित उद्धब शास्त्री, पण्डित रमनराज शास्त्री, वासिङ्गटनमा पण्डित राजेन्द्र खनाल, टेक्सासबाट पण्डित भवानीशंकर शास्त्री र क्यालिफोर्नियाबाट पण्डित बासुदेव घिमिरे छन्।

यस्तै नेपालबाट धार्मिक अभियन्ता मुकुन्द शर्मा, बेलायतवाट पण्डित दुर्गाप्रसाद पोखरेल र पण्डित जगदिश पौडेल, क्यानडाबाट पण्डित धर्मदाश शास्त्री, जगदिश गैरे, न्युजिल्याण्डबाट घनश्याम काफ्ले र जापानवाट पण्डित भगिरथ सापकोटा क्रियाशिल रहनेछन्।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad