४ वैशाख २०८१ मंगलबार
अर्थ

नेप्सेमा सामान्य सुधार

काठमाडाैं - साताको २ दिन निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज मंगलबार भने सामान्य बढेको छ। परिसूचक १.१अंकले बढेर ११सय६१.४३ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्सेका अनुसार आज १५४ कम्पनीका ७ लाख ८८ हजार १६९ कित्ता शेयरहरु २३ करोड १६ लाख ८२ हजार रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।

समूहगत कारोबारतर्पm पाँच समूहमा गिरावट र पाँच समूहमा बृद्दि देखिएको छ। बढ्नेमा सबैभन्दा धेरै होटल समूह १० अंकले बढेको छ भने जलविद्युत समूह ४.८१ अंकले बढेको छ। घट्नेमा सबैभन्दा धेरै निर्जीवन बिमा समूह २७.९३ अंकले र जीवन बिमा समूह ६अंकले घटेका छन्।

मंगलबारको कारोबारमा सबैभन्दा धेरै एनएमबी बैंकको १ करोड ९४लाख रुपैयाँ र नेपाल बैंकका १ करोड ६ लाख रुपैयाँको किनबेच भएको छ।

प्रकाशित: ११ मंसिर २०७५ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App