८ वैशाख २०८१ शनिबार
समाज

जुम्ला कर्णाली प्रदेशको मेडिकल हब बन्छ : उपराष्ट्रपति पुन

जुम्ला- उपराष्ट्रपति नन्दबहादुर पुनले जुम्ला कर्णाली प्रदेशको मेडिकल हब बन्ने बताएका छन्। उनले आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटनका हिसावले सम्पन्न कर्णाली पछिल्लो समयमा स्वास्थ्यका क्षेत्रमा फड्को मार्दै गईरहेको बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्नातक तहको मिडवाइफ्री कार्यक्रमको औपचारिक उद्घाटन गर्दै उपराष्ट्रपति पुनले  अब कुनै पनि कर्णालीबासीले अकालमा मृत्युको सिकार हुनु नपर्ने बताए। उनले भने,'स्वास्थ्य क्षेत्रमा ठूलो समस्या बेहोर्दै आईरहेको कर्णाली अब स्वास्थ्य शिक्षा, उपचारका हिसावले निकै माथि पुगिसकेको छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कर्णालीकै मेडिकल पर्यटनका रुपमा चिनाउनु पर्नेमा जोड दिंदै उनले अव कर्णालीबासीको स्वास्थ्य सपना साकार हुँदै गईरहेको बताए।

उनले निकट भविष्यमा सुरु हुन लागेको एमबीबीएस र एमडिजीपी  कार्यक्रमका लागि सरकारले सबै प्रकारको सहयोग गर्नु पर्ने बताउँदै अब उपचार गर्न कर्णाली जानु पर्ने सन्देस फैलिरहेकोमा खुसी व्यक्त गरे। उपराष्टपति पुनले जुम्लाले सिंगो नेपाललाई समृद्ध बनाउन सक्ने बताए।

उनले भने,'कर्णालीको संकटमा पर्न लागेको अस्तित्व बचाउने र कर्णालीको परिचय बदल्ने माध्यमका रुपमा कर्णाली प्रतिष्ठानलाई लिन जरुरी छ। उनले थपे,'अब कर्णालीवासीको बानी स्वास्थ्यमा लगानी गर्ने हुनुपर्छ।'

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पहिले कर्णालीवासी अकालमा मर्ने गरेकोमा अहिले उपचार गरेर निको हुने गरेको बताए। उनले भने, 'पहिला मानिस मरेको अवस्थामा पोष्ट मार्टमका लागी डाक्टर पाउँथेन्, अहिले जुम्लालले सुर्खेतमा ४ वटा डाक्टर उत्पादन गरेर पठाएको छ।'

यसै वर्षदेखि ब्याचलर इन पब्लिक हेल्थ (वीपीएच) कार्यक्रमका लागि सम्पूर्ण तयारी सकिएको प्रतिष्ठानले जनाएको  छ। स्वास्थ्य व्यवसायिक परिषदको गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वीपीएच कार्यक्रम सञ्चालन गर्नका लागि स्वीकृति दिएको थियो। यसका लागि  २० सीट निर्धारण गरिएको रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए। उनका अनुसार विपीएच कार्यक्रमको लागि यही मंसीर २२ गते प्रवेश परीक्षा हुने छ।

प्रकाशित: ११ मंसिर २०७५ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App