७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जिएमले कारखाना बन्द गर्ने

मोन्ट्रियल – जेनेरल मोटर्स (जिएम)ले क्यानडाको ओसावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ।

क्यानाडेली टेलिभिजन च्यानल सिटिभीका अनुसार यो कारखाना बन्द हुँदा करिब तीन हजार कामदारको रोजगारी गुम्नेछ। च्यानलले धेरैवटा अज्ञात स्रोतको भनाइ उद्धृत गर्दै जिएमका कारखाना पुनःसंरचना गर्ने योजनामा ओसावाको कारखानासमेत रहेको जनाएको छ। टोरन्टोबाट उत्तरपूर्व करिब ६० किलोमिटर टाढा रहेको ओसावा प्लान्ट सन् १९५३ मा स्थापना भएको थियो। यो कारखानामा हाल करिब दुई हजार आठ सयजना श्रमिक कार्यरत छन्।

यस कारखानामा चेभ्रोलेट र जिएमसी पिकअपका साथै चभ्रोलेट इम्पाला र क्याडिल्याक सेडानको उत्पादन हुने गर्छ।    आसावाका मेयर जोन हेनरीले यो खबर सत्य नहोस् भन्ने चाहेको बताए।

ओन्टारियो प्रान्तमा जिएमका अरु तीनवटा प्लान्ट छन्। जिएमको नयाँ योजनाबाट यी कारखानामा असर पर्ने वा नपर्ने अझै स्पष्ट भइसकेको छैन। गत महिना, कम्पनीले खर्च कटौती गर्न उत्तर अमेरिकाका कारखानामा कार्यरत श्रमिकको संख्या कटौती गर्ने घोषणा गरेको थियो।

सो योजनाबाट अमेरिका, क्यानडा र मेक्सिकोका कारखानामा कार्यरत करिब ५० हजार श्रमिक प्रभावित हुनेछन्। यीमध्ये करिब १८ हजार अर्थात् करिब ३६ प्रतिशतको रोजगारी गुम्नेछ। पहिलो चौमासिकमा जिएमको आय दुई अर्ब ५० करोड डलर थियो। अमेरिकी करवृद्धि र बिक्रीमा आएको मन्दीका कारण कम्पनीको आयमा नकारात्मक प्रभाव परेको छ।

प्रकाशित: ११ मंसिर २०७५ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App