७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई दिइएको जेलसजाय खारेज

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिद । तस्बिर : एजेन्सी

माले – माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नासिदविरुद्ध फैसला गरिएको १३ वर्ष लामो जेल सजाय देशको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ।

आंतकवादलाई सहयोग गरेको आरोपमा उनलाई १३ वर्षको जेल सजाय तोकिएको थियो । सर्वोच्च अदालतले प्रजातान्त्रिक रूपमा पहिलोपटक निर्वाचित देशका नेता नासिदविरुद्ध गलत नियतवश मुद्दा लगाइएको र अपराध अदालते सो मुद्दा हेर्न हुँदैन थियो भन्दै यसअघि दिइएको जेल सजाय खारेज भएको फैसला गरेको छ।

पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन नेतृत्वको प्रशासनका बेला कैयौं विपक्षी नेताकार्यकर्तालाई विभिन्न मुद्दा लगाइँदै जेल पठाइएको थियो । पूर्वराष्ट्रपति नासिदलाई पनि यामिन सरकारकै पालामा सन् २०१६ मा दोषी ठहर गर्दै जेल सजाय तोकिएको थियो।

यामिनले यसै वर्षको सेप्टेम्बर महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा नासिदकै गठबन्धन नेता इब्राहिम मोहम्मद सोलिहसँग पराजय भोगेका थिए । जनवरी २०१२ मा अपराध अदालतका प्रधानन्यायाधीशलाई पक्राउ गर्न देशको सेनालाई आदेश दिएको आरोपमा पनि नासिदलाई दोषी ठहर गरिएको थियो।

प्रकाशित: ११ मंसिर २०७५ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App