coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआइसी एसियाका शाखा थपिए

काठमाडौं – एनआइसी एसिया बैंकको सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७, खाडीचौर र पाँचखाल–४, समाज कल्याण चोकमा शाखा खोलेको छ।

खाडीचौर शाखा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र पाँचखाल शाखा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले सोमबार उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

अब एनआइसीको शाखा दुई सय ६६ पुगेको छ। यसबाहेक दुई सय ७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर र १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत एनआइसीले सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख छ।

एनआइसी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। यसको वासलातको आकार दुई खर्ब १० अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप एक खर्ब ६९ अर्ब नाघेको छ। कर्जा एक खर्ब ४३ अर्ब पुगेको बैंकले जनाएको छ। बैंकको ग्राहक संख्या १३ लाख ५० हजार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ११ मंसिर २०७५ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App