८ वैशाख २०८१ शनिबार
समाज

आग्लो प्रहार गरी श्रीमतीको हत्या

दोलखा – जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन्।

ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

हत्या गरेलगत्तै तामाङ फरार छन्। उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताए। मृतक राममायको शव जिरी अस्पतालमा राखिएको छ।  (रासस)

प्रकाशित: ११ मंसिर २०७५ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App