८ वैशाख २०८१ शनिबार
खेल

पहिलो दिन राजवीरलाई सफलता

पोखरा – कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरा रंगशालामा सुरु भएको ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस सर्किट २ च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फ राजवीर प्रधानले सक्षमविक्रम शाहलाई ६–४ र ६–३ ले पराजित गरेका छन्।

प्रीतम परियारले श्रेयास पौडेललाई ६–१ र ६–० ले पराजित गर्दा इभाक जोशीले ६–०, ६–० मा श्रीयोग अधिकारीलाई पराजित गरे्। त्यस्तै सौगात विकले ईशान गुरुङलाई ६–३, ६–३ ले पराजित गरे।

सोमबार भएको अर्काे खेलमा निहाल जेबी थापाले श्लोक केइसर खड्कालाई ७–६ (५) ६–१ मा पराजित गर्दा सफल श्रेष्ठले पवनकुमार शर्मालाई ६–२, ७–५ ले पराजित गरे। भारतका अचिन्त्या बर्माले नेपालका आयुष्मानहजुर घलेलाई ६–०, ६–१ ले पराजित गर्दा चिराग तिमिल्सिनाले सरोज तामाङलाई ६–२, ६–२ ले हराए।

महिलातर्फ इभा अधिकारीले प्रशंसा मोक्तानलाई ६–३, ६–० ले, भारतका मिलि छुगले श्रृष्टिका उदासलाई ६–१, ६–१ ले, भारतकै प्रियांसी चौहानले नेपालका आध्या पौडेलालाई ६–१, ६–० ले, निमिसा ढकालले सुनिरा थापालाई ६–१, ६–४ ले, अज्जा रेग्मीले श्रीया भट्टराईलाई ६–२, ६–२ ले तथा ईशाश्री शाहले श्रृष्टि राईलाई ६–०, ६–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। त्यस्तै शुुभेच्छालक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरिन्।

पुरुष डबलतर्फ सौगात विक र ईशान गुरुङको जोडीले राजवीर प्रधान र सक्षमविक्रमलाई शाहलाई ६–२, ६–४ को अन्तरमा पराजित गरेका छन्। त्यसै गरी सफल श्रेष्ठ र सरोज तामाङको जोडीले आयुष्मान्हजुर घले र प्रितमको जोडीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे।

प्रकाशित: ११ मंसिर २०७५ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App